थप चार प्रदशेमा फैलियो मनसुन « Khabarhub

थप चार प्रदशेमा फैलियो मनसुन


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा १५ दिनअगावै भित्रिएर रोकिएको मनसुन आज थप चार प्रदेशमा फैलिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मनसुन कोशी प्रदेशका बाँकी भू–भागसहित मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा फैलिएको छ ।

महाशाखाका मौसमविद् गोविन्द झाले मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही भू–भागमा र लुम्बिनी प्रदेशका थोरै भू–भागमा मनसुन फैलिएको जानकारी दिए ।

यसअघि यही जेठ १५ गते राति नेपालमा मनसुन भित्रिएको थियो । त्यसपछि मनसुन सोहोरिएर पूर्वी एसिया गएको थियो । कोशीबाट फैलिन नपाएको मनसुन आज भित्रिएको १४ दिनपछि अन्य चार प्रदेशमा फैलिएको हो ।

अन्य प्रदेशमा फैलिन अझै केही दिन लाग्ने उनले बताए । मनसुन भित्रिने सरदर मिति जुन १३ अर्थात् भोलि शुक्रबार हो ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ९ : ०४ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल