२० हजार घुस लिने नायव सुब्बा भ्रष्टाचारी ठहर, एक महिना कैद सजाय « Khabarhub

२० हजार घुस लिने नायव सुब्बा भ्रष्टाचारी ठहर, एक महिना कैद सजाय


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिल्ला प्रशासन कार्यालयमा महोत्तरीका नायव सुब्बा अशोक कुमार यादव घुस लिएको आरोपमा दोषी ठहर भएका छन् । विशेष अदालतले यादवलाई घुस लिएको आरोपमा दोषी ठहर गरेको हाे ।

सवारी दुर्घटनामा मृत्यु भएपछि पाउनुपर्ने क्षतिपूर्तिको रकम फैसला गराई दिलाइदिने भन्दै २० हजार रुपैयाँ घुस लिएको अदालतले ठहर गरेको हो । न्यायाधीश राम बहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई दोषी ठहर गर्दै १ महिना कैद सजाय सुनाएको छ ।

गत मंसिर ७ गते अख्तियार दुरूपयाेग अनुसन्धान आयोगले यादवले घुसवापत लिएको २० हजार रुपैयाँ रकमसहित उनलाई रंङ्गेहात पक्राउ गरेको थियो । उनी बस्ने कुर्सी मुनिबाट रकम बरामद गरिएकाे थियाे ।

अर्का आरोपी दिनेश प्रसाद साहको हकमा दावी पुष्टि हुने वस्तु निष्ट प्रमाण नभेटिएकाले अदालतले सफाई दिएको छ ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  १० : १८ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण