अष्ट्रेलियन पानीजहाज मर्मत गर्न सहयोग गर्ने भारतको प्रस्ताव « Khabarhub

अष्ट्रेलियन पानीजहाज मर्मत गर्न सहयोग गर्ने भारतको प्रस्ताव


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले अष्ट्रेलियाका पानीजहाजको मर्मतका लागि सहयोगको प्रस्ताव गरेको छ । भारतले अष्ट्रेलियाका नौसैनिक एवम् व्यवसायिक पानीजहाजको मर्मतका लागि सहयोगको प्रस्ताव गरेको हो ।

यस सहकार्यले हिन्द प्रशान्त क्षेत्रमा दुई मुलुकबीचको रणनीतिक साझेदारी थप मजबुत हुने भारतीय पक्षको अपेक्षा छ । भारतले अष्ट्रेलियाका पानीजहाजका लागि ‘मेन्टिनेन्स, रिपेयर र ओभरहल’ (एमआरओ) सेवाका लागि प्रस्ताव गरेको इण्डियन डिफेन्स रिसर्च विङले उल्लेख गरेको छ ।

पछिल्लो समय भारत एमआरओ सेवाका लागि महत्वपूर्ण केन्द्रका रुपमा स्थापित भएको छ । भारतमा मजगाओ डक शिपबिल्डिर्स लिमिटेड, लार्सेन एण्ड टर्बो शिपयार्ड, गार्डेन रिच शिपबिल्डर्स एण्ड इन्जिनियर्सजस्ता कम्पनीले सञ्चालन गर्ने शिपयार्डहरुले यस्तो सेवा प्रदान गर्दै आएका छन् ।

पछिल्लो समय हिन्द प्रशान्त क्षेत्रमा चिनियाँ गतिविधि बढिरहेका बेला भारतले अष्ट्रेलियासमक्ष यस्तो प्रस्ताव राखेको हो । औद्योगिक पूर्वानुमान अनुसार सन् २०३२ सम्म विश्वभर पानीजहाज मर्मतको बजार ५३ अर्ब २३ करोड अमेरिकी डलर बराबर पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ८ : ११ बजे

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवा लिने सेवाग्राहीको चाप उच्च

झापा– झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो

मल्टिस्टारर बन्ने भयो ‘द राइज अफ साम्राज्य’, विजयको पनि प्रवेश

काठमाडौँ- सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्म ‘द राइज अफ साम्राज्य’

रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण