अष्ट्रेलियन पानीजहाज मर्मत गर्न सहयोग गर्ने भारतको प्रस्ताव « Khabarhub

अष्ट्रेलियन पानीजहाज मर्मत गर्न सहयोग गर्ने भारतको प्रस्ताव


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले अष्ट्रेलियाका पानीजहाजको मर्मतका लागि सहयोगको प्रस्ताव गरेको छ । भारतले अष्ट्रेलियाका नौसैनिक एवम् व्यवसायिक पानीजहाजको मर्मतका लागि सहयोगको प्रस्ताव गरेको हो ।

यस सहकार्यले हिन्द प्रशान्त क्षेत्रमा दुई मुलुकबीचको रणनीतिक साझेदारी थप मजबुत हुने भारतीय पक्षको अपेक्षा छ । भारतले अष्ट्रेलियाका पानीजहाजका लागि ‘मेन्टिनेन्स, रिपेयर र ओभरहल’ (एमआरओ) सेवाका लागि प्रस्ताव गरेको इण्डियन डिफेन्स रिसर्च विङले उल्लेख गरेको छ ।

पछिल्लो समय भारत एमआरओ सेवाका लागि महत्वपूर्ण केन्द्रका रुपमा स्थापित भएको छ । भारतमा मजगाओ डक शिपबिल्डिर्स लिमिटेड, लार्सेन एण्ड टर्बो शिपयार्ड, गार्डेन रिच शिपबिल्डर्स एण्ड इन्जिनियर्सजस्ता कम्पनीले सञ्चालन गर्ने शिपयार्डहरुले यस्तो सेवा प्रदान गर्दै आएका छन् ।

पछिल्लो समय हिन्द प्रशान्त क्षेत्रमा चिनियाँ गतिविधि बढिरहेका बेला भारतले अष्ट्रेलियासमक्ष यस्तो प्रस्ताव राखेको हो । औद्योगिक पूर्वानुमान अनुसार सन् २०३२ सम्म विश्वभर पानीजहाज मर्मतको बजार ५३ अर्ब २३ करोड अमेरिकी डलर बराबर पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ८ : ११ बजे

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : देउवाले महामन्त्रीद्वयलाई बोलाए

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती