आज २०८२ साल असार २८ गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल असार २८ गते शनिबारको राशिफल


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असार २८ गते शनिबार। साउन कृष्ण पक्षको द्वितीया तिथि। तदनुसार सन् २०२५ जुलाई १२ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। सोचेका काम बन्नेछन्। विदेशी रमझमले मन आकर्षित गर्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। शिक्षामा गरेको लगानीबाट नाफा आर्जन हुने योग छ। बन्धुको साथ मिल्नेछ।

वृष : दिन राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्ने छ। स्पष्ट बोल्नु उचित हुन्छ। दीर्घकालीन योजना बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने देखिन्छ।

मिथुन : दिन राम्रो छ। शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ। खानपानमा समस्या हुँदा स्वास्थ्य बिग्रने खतरा छ। शिक्षामा प्रगति हुनेछ। दक्षिणको यात्रा नगर्नु उचित हुन्छ। राजनीतिमा भने सेवाको अवसर मिल्नेछ।

कर्कट : दिन सामान्य छ। तपाईंको बोलीले आफन्त टाढिने छन्। दाम्पत्य जीवनमा फाइदा हुने योग छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। दान गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ।

सिंह : दिन राम्रो छ। आम्दानी बढे पनि स्वास्थ्यमा भने समस्या हुनेछ। परिवारलाई समय दिन नसक्दा विरोधको सामना गर्नुपर्ने हुनसक्छ। बौद्धिक व्यक्तिसँग सल्लाह लिएर अगाडि बढेमा सोचेको काम बन्नेछ।

कन्या : दिन राम्रो छ। आफ्नो कामले खुशी दिनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। निजी क्षेत्रको शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यले साथ दिँदा परिवारमा मेलमिलाप हुनेछ। दक्षिणको एकल यात्रा नगर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यले नाफा हुनेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। अभिभावकसँगको भेटले मन शान्त बन्नेछ। भाग्यको स्थानमा शुभग्रह भएकाले अग्रजको सल्लाह लिएर काम गर्नुपर्ने देखिन्छ।

धनु : दिन राम्रो छ। जग्गा सम्बन्धी कारोबारबाट फाइदा हुने देखिन्छ। स्वास्थ्यले साथ दिनेछ। राजनीतिक क्षेत्रमा पहुँच विस्तार हुनेछ। आफन्तको भन्दा बाहिरका साथीको साथ र सहयोग प्राप्त हुनेछ।

मकर : दिन राम्रो छ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्ने योग छ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। पढाइमा हिम्मत गर्नु उचित हुन्छ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

कुम्भ : दिन सामान्य छ। यात्रामा भए खर्च बढ्नेछ। दिन अनावश्यक खर्चमा बितेको अनुभव हुनेछ। बौद्धिक व्यक्तिसँगको सहकार्यमा अवरोध सिर्जना हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ।

मीन : दिन राम्रो छ। आम्दानी बढ्ने योग छ। स्वास्थ्य उपचारमा भए सुधार हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ५ : ०४ बजे

भदौ २३ को एक वर्ष : सत्ता बदलियो, राज्य ?

आज भदौ २३। ठीक एक वर्षअघि यही दिन काठमाडौँका सडक

जेन-जी आन्दोलनको एक वर्ष : के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ?

काठमाडौं– दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट