गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद « Khabarhub

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा भइरहेका अप्रत्यक्ष वार्तामा इजरायलको सेना फिर्तीसम्बन्धी प्रस्तावले ठूलो अवरोध सिर्जना गरेको दुईजना प्यालेस्टिनी स्रोतहरूले शनिबार बताएका छन् ।

गत आइतबारदेखि कतारको राजधानी दोहामा दुवै पक्षका प्रतिनिधिहरूबीच २१ महिनादेखिको युद्धमा अस्थायी विराम ल्याउने उद्देश्यले छलफल भइरहेको छ । यो द्वन्द्व सन् २०२३ को अक्टोबर ७ मा हमासद्वारा इजरायलमाथि आक्रमण भएपछिको हो ।

हमास र इजरायल दुवैले सो दिन अपहरण गरिएका जीवित दश बन्धकलाई युद्धविरामको सहमति भएमा रिहा गरिने बताएका छन् । तर एक जानकार प्यालेस्टिनी स्रोतका अनुसार, इजरायलले गाजाबाट पूर्ण रूपमा सेना फिर्ता गर्न अस्वीकार गरेकाले सहमति टाढिएको छ ।

“हाल दोहामा जारी वार्ता जटिल मोडमा पुगेको छ । इजरायलले जुन नक्शा प्रस्तुत गरेको छ, त्यसले वास्तवमा सेना फिर्ता होइन, पुनःतैनाथीको संकेत गर्दछ,” स्रोतले बताए ।

हमासले गाजाबाट इजरायली सेनाको पूर्ण फिर्तीको माग राख्दै आएको छ, जहाँ दुई करोडभन्दा बढी मानिस बसोबास गर्छन् । तर इजरायली पक्षले प्रस्तुत गरेको नक्शामा करिब ४० प्रतिशत क्षेत्रफलमा सैन्य उपस्थिति कायम राख्ने प्रस्ताव गरिएको छ ।

‘यस्तो प्रस्तावले गाजा फेरी टुक्रा-टुक्रा पारिएको, सिमाना बन्द भएको र स्वतन्त्रताविहीन क्षेत्रमा परिणत हुने खतरा पैदा गर्छ,’ स्रोतले उल्लेख गरेको छ । 

मध्यस्थकर्ताहरूले वार्ता केही समयका लागि स्थगित गर्न आग्रह गर्दै संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कफ दोहा पुग्नेबित्तिकै छलफल पुनः सुरु गरिने जनाएका छन् ।

अर्का एक प्यालेस्टिनी स्रोतका अनुसार, प्यालेस्टिनी बन्दीहरूको रिहाइ तथा गाजामा मानवीय सहायता पुर्‍याउने विषयमा केही प्रगति भएको छ । तर उहाँले इजरायली प्रतिनिधिमण्डलमाथि कुनै ठोस निर्णय गर्न सक्ने अधिकार नरहेको र ‘युद्धलाई निरन्तरता दिन वार्ता रोक्ने प्रयास भइरहेको’ आरोप लगाए ।

 

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ३ : ३२ बजे

जेनजी आन्दोलनको एक वर्ष : शङ्कर पोखरेल भन्छन्- ‘घुसपैठ गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ’

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत वर्षको ‘जेनजी

रसुवा विपद्: श्रीमान्‌को खोजीमा १३ दिनदेखि कार्यालय धाउँदै पूजा

जनकपुरधाम – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका इन्जिनियर

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय