पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किनु सकारात्मक : झलनाथ खनाल « Khabarhub

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किनु सकारात्मक : झलनाथ खनाल


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बामपन्थी एकताका लागि पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको राजनीतिमा फर्कन खोजेको भए सकारात्मक कुरा भएको बताएका छन्।

चीन भ्रमण सकेर स्वदेश फर्किएपछि शनिबार आफ्नै निवास डल्लुमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले नेपालमा सबभन्दा ठूलो वामपन्थी समूह नेकपा एमाले नै भएकाले बामपन्थी एकताका लागि पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्कन खोजेको भए सकारात्मक कुरा भएको बताएका हुन् ।

उनले एमालेको एउटा समूहले अरु सबैलाई एकताबद्ध गर्न नचाहेको हुनाले वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको उनले बताए । उनले एमालेले वामपन्थी एकता गरौँ भनेर चाहने हो भने ठूलो मात्राको झैं वामपन्थी एकता हुन सक्ने सम्भावना रहेको धारणा राखे ।

खनालले कम्युनिष्टलाई एकतावद्ध गर्न बामदेव गौतम आफ्नो पार्टीमा आउन लागेको भए स्वागत गर्न तयार रहेको जिकिर गरे । 

त्यस्तै उनले पार्टी अध्यक्ष माधव नेपालमाथि परेको मुद्दा नेपालकै इतिहासमा नै नयाँ कुरा भएकाले तीन करोड नेपालीको सरोकारको विषय भएको बताए । यसमा बिभिन्न रुपमा हुने टिकाटिप्पणीलाई स्वभाविक रुपमा लिनुपर्ने भन्दै खनालले अदालतले गर्ने निर्णयलाई सबैले स्वीकार गर्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका खनालले अहिले ठूला दुई दल मिलेर बनेको सरकार सबैभन्दा असक्षम देखिएकाले सिङ्गो देश सन्तुष्ट नरहेको बताए ।

त्यस्तै उनले रवि लामिछाने निर्दोष रहेको भन्न नसकिएपनि लामिछानेमाथि गल्ती भयो भन्ने नाममा राज्यले ज्यादती गरिरहेको टिप्पणी गरे । खनाल ५ दिने चीन भ्रमण सकेर शुक्रबार राती स्वदेश फर्किएका हुन् । भ्रमणका क्रममा बिभिन्न कार्यक्रम र चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेतृत्वहरूसँग भेटघाट भएको उनले बताए ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ३ : ०२ बजे

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो