सभामुख र प्रमुख सचेतकबीचको बैठक स्थगित « Khabarhub

सभामुख र प्रमुख सचेतकबीचको बैठक स्थगित


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग गर्ने भनिएको संयुक्त छलफल स्थगित भएको छ । 

उनको सचिवालयले अन्तिम समयमा आएर मंगलबार ११ बजेका लागि तय भएको छलफल स्थगित भएको जनाएको छ ।

यसअघि संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदन त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनबारे संयुक्त छलफल गरिने भनिएको थियो ।  

सभामुख घिमिरेले सोमबार सिंहदरवारस्थित कार्यकक्षमा प्रतिनिधिसभामा पेस भएको उक्त प्रतिवेदन कार्यान्वयनबारे नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्ताैला र नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग छलफल गरेका थिए । 

सचिवालयकाअनुसार सोमबार नै सभामुख घिमिरेले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयसँग पनि सभामुख घिमिरेले छलफल गरेका थिए । 

छलफलहरूमा सभामुख घिमिरेले समितिको प्रतिवेदन कार्यान्वयन गरी राज्यव्यवस्था तथा सुशासन समितिको कामलाई गति दिनुपर्ने बताएका थिए । 

कतिपय महत्त्वपूर्ण विधेयक समितिमा विचाराधीन रहेको भन्दै उनले दलहरूलाई साझा धारणा बनाउन आग्रह गरे । राज्यव्यवस्था समितिको कामलाई प्रभावकारी बनाउन नयाँ सचिवको रूपमा सहसचिव कान्छा दुलाललाई जिम्मेवारी दिएको बताउँदै घिमिरेले समितिको काम अब धेरै समय रोक्न नसकिने बताएका थिए । 

बर्तौला र घिमिरेले प्रमुख दलहरूको सुझावका आधारमा निर्णय गर्न सभामुख घिमिरेलाई सुझाव दिएको सचिवालयले जनाएको छ । 

सभामुखले गत शुक्रबार सचिवालयका कानुन सहसचिव लक्ष्मीप्रसाद गौतम र कार्य व्यवस्था महाशाखा प्रमुख सहसचिव एकराम गिरीसँग प्रतिवेदन कार्यान्वयनबारे परामर्श गरेका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ११ : ४२ बजे

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री