भारतलाई झनै ठूलो झट्का दिने योजना थियो, तर पुटिनको फोन आयो : ट्रम्प « Khabarhub

भारतलाई झनै ठूलो झट्का दिने योजना थियो, तर पुटिनको फोन आयो : ट्रम्प


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई झनै ठूलो झट्का दिने आफ्नो योजना रहेको बताएका छन्‌ । तर, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको टेलिफोन आएपछि आफूले तत्काल त्यसो नगरेको ट्रम्पको भनाइ छ ।

प्रतिबन्ध लगाएको रूसबाट तेल खरिद गरेको भन्दै अमेरिकाले गत बुधबार भारतबाट आयात हुने वस्तुमा भन्सारदर ५० प्रतिशत पुर्‍याएको थियो । रूसबाट तेल खरिद गरेर भारतले युक्रेनविरुद्धको युद्धमा सघाएको अमेरिकी आरोप छ ।

ट्रम्पले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग यही अगष्ट १५ का दिन अलास्कामा भेटवार्ता गर्दैछन्‌ । उक्त वार्ता हुनुअघि ट्रम्पले भारतविरुद्ध आफ्नो योजनाबारे बोलेका हुन् ।

‘म यसभन्दा निकै ठूलो कदम (भारतविरुद्ध) उठाउने पूरै तयारीमा थिएँ, तर मलाई एक टेलिफोन आयो कि उनी (पुटिन) भेटघाट गर्न चाहन्छन्‌ । हेरौँ, पुटिन मसँग कुन मामिलामा भेटघाट गर्न चाहन्छन्‌ !’, भारतलाई जोड्दै ट्रम्पले भनेका छन्‌, ‘म युद्धविराम चाहन्छु, म त्यस्तो एक सम्झौता चाहन्छु-जो दुबै पक्षका लागि होस्‌ ।’

भारतविरुद्ध कर लगाउँदा रूसी अर्थव्यवस्था प्रभावित हुने तर्क पनि ट्रम्पले गरेका छन्‌ । उनले भनेका छन्‌, ‘रूसको अर्थव्यवस्था राम्रो अवस्थामा छैन, निकै प्रभावित भइसकेको छ । यस्तो स्थितिमा अमेरिकी राष्ट्रपतिले रूसको सबैभन्दा ठूलो या दोस्रो ठूलो तेल खरिदकर्तालाई रूसबाट तेल खरिद गरेमा ५० प्रतिशत कर लगाइदिन्छ भने त्यो उसको लागि ठूलो झट्का हो ।’

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  १ : १४ बजे

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा