भारतलाई झनै ठूलो झट्का दिने योजना थियो, तर पुटिनको फोन आयो : ट्रम्प « Khabarhub

भारतलाई झनै ठूलो झट्का दिने योजना थियो, तर पुटिनको फोन आयो : ट्रम्प


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई झनै ठूलो झट्का दिने आफ्नो योजना रहेको बताएका छन्‌ । तर, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको टेलिफोन आएपछि आफूले तत्काल त्यसो नगरेको ट्रम्पको भनाइ छ ।

प्रतिबन्ध लगाएको रूसबाट तेल खरिद गरेको भन्दै अमेरिकाले गत बुधबार भारतबाट आयात हुने वस्तुमा भन्सारदर ५० प्रतिशत पुर्‍याएको थियो । रूसबाट तेल खरिद गरेर भारतले युक्रेनविरुद्धको युद्धमा सघाएको अमेरिकी आरोप छ ।

ट्रम्पले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग यही अगष्ट १५ का दिन अलास्कामा भेटवार्ता गर्दैछन्‌ । उक्त वार्ता हुनुअघि ट्रम्पले भारतविरुद्ध आफ्नो योजनाबारे बोलेका हुन् ।

‘म यसभन्दा निकै ठूलो कदम (भारतविरुद्ध) उठाउने पूरै तयारीमा थिएँ, तर मलाई एक टेलिफोन आयो कि उनी (पुटिन) भेटघाट गर्न चाहन्छन्‌ । हेरौँ, पुटिन मसँग कुन मामिलामा भेटघाट गर्न चाहन्छन्‌ !’, भारतलाई जोड्दै ट्रम्पले भनेका छन्‌, ‘म युद्धविराम चाहन्छु, म त्यस्तो एक सम्झौता चाहन्छु-जो दुबै पक्षका लागि होस्‌ ।’

भारतविरुद्ध कर लगाउँदा रूसी अर्थव्यवस्था प्रभावित हुने तर्क पनि ट्रम्पले गरेका छन्‌ । उनले भनेका छन्‌, ‘रूसको अर्थव्यवस्था राम्रो अवस्थामा छैन, निकै प्रभावित भइसकेको छ । यस्तो स्थितिमा अमेरिकी राष्ट्रपतिले रूसको सबैभन्दा ठूलो या दोस्रो ठूलो तेल खरिदकर्तालाई रूसबाट तेल खरिद गरेमा ५० प्रतिशत कर लगाइदिन्छ भने त्यो उसको लागि ठूलो झट्का हो ।’

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  १ : १४ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका