नेपालबाट भारतमा बिजुली निर्यात १०१०.९ मेगावाट पुग्यो « Khabarhub

ऊर्जा व्यापार

नेपालबाट भारतमा बिजुली निर्यात १०१०.९ मेगावाट पुग्यो

दिल्लीको नयाँ लिस्टमा यी पाँच आयोजना


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतले नेपालबाट लैजाने बिजुलीको परिमाण १०१०.९ मेगावाट पुर्‍याएको छ । यसअघि विभिन्न आयोजनाबाट उत्पादित ८१०।९ मेगावाट बिजुली लगिरहेको भारतले नेपालसँग थप २०० मेगावाट बिजुली मागेको हो ।

नेपाल विद्युत प्राधिकरणले दिएको जानकारी अनुसार, नेपालबाट थप २०० मेगावाट बिजुली पठाउन भारतले सहमति दिएको छ । पाँच जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली आयातका लागि भारत सरकारले अनुमति दिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

चीनसँगको टकरावका कारण आफैँले चिनियाँ सङ्लग्नता बिनाका आयोजना छानेर बिजुली लैजाने गरेको नयाँ दिल्लीले काठमाडौँलाई आफूकहाँ बिजुली पठाउने थप पाँच आयोजनाको लिस्ट पनि स्वीकृत गरेको छ । लोअर सोलु, सुपर काबेली ए, ठूलो खोला, लिखु खोला ए र लिखु-२ आयोजनाबाट उत्पादित बिजुली भारतले लैजाने भएको हो ।

भारतले थप २०० मेगावाट विद्युत आगामी अक्टोबर ३१ सम्म लैजानेछ । स्वच्छ ऊर्जा उपलब्धतामा दबाब खेपिरहेको भारतले त्यसपछि पनि नेपालको निर्यात क्षमता कायम रहेमा विद्युत आयातमा निरन्तरता दिने प्राधिकरणका अधिकारीहरूले बताएका छन्‌ ।

नेपालले भारतमा बिजुली निर्यात गरी गत आर्थिक वर्ष २०८१र८२ मा १७ अर्ब ४७ करोड रुपैयाँ आम्दानी गरेको छ । विद्युत निर्यात परिमाण बढेकाले आम्दानी पनि बढ्ने प्राधिकरणले अनुमान गरेको छ ।

नेपालले बङ्गलादेशलाई पनि भारतीय प्रसारणलाइन हुँदै गएको जेठ मसान्तदेखि ४० मेगावाट बिजुली पठाइरहेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  १ : ५८ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण