युवामैत्री लगानी प्रवर्द्धनको नीति तयार गरिँदै छ : मन्त्री चौधरी « Khabarhub

युवामैत्री लगानी प्रवर्द्धनको नीति तयार गरिँदै छ : मन्त्री चौधरी


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले युवामैत्री लगानीको वातावरण, नवप्रवर्तन र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने नीति एवं कानुनी संरचना तयार गरिरहेको बताएका छन् । 

आज अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले सरकारले युवाको नेतृत्व विकास र सीप अभिवृद्धि गरी रोजगारी सृजनालाई उच्च प्राथमिकतामा राखेको बताए। मन्त्री चौधरीले सातै प्रदेश र स्थानीय तहमा युवा सशक्तिकरण, सीप र तालिमको माध्यमबाट रोजगारी सृजना गर्न निर्देशन दिए । 

परिषद्का अध्यक्षसमेत रहेका मन्त्री चौधरीले यही साताभित्र युवा नीति सार्वजनिक गर्ने जानकारी दिए ।

‘कुल जनसङ्ख्याको करिब ४२ प्रतिशत हिस्सा ओगटेका युवाहरूले साहस, प्रतिबद्धता र नवप्रवर्तनप्रति रुचि देखाएका छन्’, उनले भने, ‘युवाजनशक्तिको सहभागितामा ठूलो परिवर्तनको हामीले अनुभव गर्न पाएका छौँ ।’ 

सोही कार्यक्रममा नेपालस्थित संयुक्त राष्ट्र सङ्घका आवासीय संयोजक हाना सिङ्गर ह्याम्डीले युवा दिवस केवल उत्साह मात्र नभई सहकार्य र प्रतिबद्धताको अवसर भएको स्मरण गराए। राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवा भविष्यका कर्णधारसँगै वर्तमानको साझेदार भएकाबारे चर्चा गरे ।  

संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्षको १२ अगस्तलाई अन्तर्राष्ट्रिय युवा दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । नेपालले यस वर्ष ‘दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ भन्ने नारासहित यो दिवस मनाउँदैछ । राष्ट्रिय युवा परिषद्ले सो कार्यक्रम आयोजना गरेको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  २ : ०५ बजे

पाँच वर्षदेखि प्रयोगबिहीन नापी कार्यालयको भवन, किन बनेन क्यान्टिन ?

तेह्रथुम- तेह्रथुम सदरमुकाम म्याङलुङ बजारको केउरेनी लाइन भएर हिँड्ने धेरैको

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा– उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका गोठाला भेँडाबाख्रा

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए नाम

काठमाडौं– काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुमबासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म ५०

सुकुम्वासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर

काठमाडौं– बागमती र त्यसका सहायक नदी किनारबाट हटाइएका सुकुम्वासीका लागि

सरकारलाई माधव नेपालको सुझाव- जनतालाई पीडा र यातना दिने गरी जनविरोधी काम नगरौँ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सह–संयोजक माधव कुमार नेपालले वर्तमान सरकारले