‘नेप्से एआई’ एप चलाउँदा खाताबाट २८ लाख गायब, ब्यूरोले भन्यो- नचिनेका एप इन्स्टल नगरौँ « Khabarhub

‘नेप्से एआई’ एप चलाउँदा खाताबाट २८ लाख गायब, ब्यूरोले भन्यो- नचिनेका एप इन्स्टल नगरौँ


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ‘नेप्से एआई’ एप प्रकरणपछि सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै सीआईबीले नेप्से एआईलगायतका कुनै पनि अपरिचित लिंक तथा एपहरू क्लिक, डाउनलोड र इन्स्टल नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो । 

केही दिनदेखि सामाजिक सञ्जालमा नेप्से एआई एप डाउनलोड गर्न लगाई एआईले शेयर बजारको विश्लेषण गरी बढी नाफा कमाउन सक्नेजस्ता भ्रामक सूचना प्रवाह गरेको सीआईबीले जनाएको छ ।

अनुसन्धान ब्यूरोका उपरीक्षक युवराज खड्काका अनुसार त्यस्ता एप डाउनलोड गर्न प्रेरित गर्ने र उक्त एप इन्स्टल गरेपछि रिमोट सेसन खोली खातामा भएको सम्पूर्ण रकम क्षणभरमा अन्य ट्रान्सफर भई पीडितको डिजिटल डिभाइसमा रहेको सम्पूर्ण डाटा मेटाएर प्रमाण नष्ट गरिदिनेजस्ता कार्य भइरहेको सूचना तथा उजुरी प्राप्त भइरहेको छ । 

यस्तो छ घटना 
जोन डोइ (सांकेतिक नाम) ले फेसबुकमा देखिएको विज्ञापनबाट शेयर बजारको विश्लेषण गर्नको निम्ति नेप्से एआई नामक एप्स डाउनलोड गर्छन र इनिस्टल गरे पश्चात उक्त एपमा रिमोट सेसन खुल्नसाथ निजको मोबाइल स्क्रिन केही समय ब्ल्याङ्क भई निजको विभिन्न बैंक खातामा भएको २८ लाख ६१ हजार रुपैयाँ रकम अन्यत्र खातामा ट्रान्सफर भएको र निजको मोबाइलमा रहेको सम्पूर्ण डाटा तथा एपहरू समेत मेटाएको भनी यस कार्यालयमा उजुरी प्राप्त र यस्ता कयौँ ठुला विगतका घटनाका उजुरीहरू समेत प्राप्त भइरहेको  अनुसन्धान ब्युरोले जनाएको छ ।

यस्ता क्रियाकलापहरूबाट बच्न निम्न कार्यहरू गर्न सकिन्छ :
 
 १) टू फ्याक्टर टू भ्याक्टर अथेन्टिकेसन कोड प्रयोग गर्ने (सम्भव भए सम्म एसएमएसको प्रयोग गर्ने)
।
२) पास्वर्डहरु बेला बेलामा परिवर्तन गर्ने ।
३) नेप्से एआईलगायत विज्ञापन लिंकबाट आएका अपरिचित एप कहिले पनि इन्स्टल नगर्ने l
४) आफ्नो डिडिटल डिभाइस अपरिचित व्यक्तिहरू एनी डेस्क,  टीम भ्युवर, जस्ता  रिमोट पहुँच कसैलाई नदिने ।
5) आधिकारिक श्रोतबाट मात्र एपहरू डाउनलोडगर्ने (गुगल प्ले स्टोर,आईएस‌‍ओ एप स्टोर )

यस्तो छ प्रहरीको विज्ञप्ती :

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ५ : १० बजे

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर