‘लोकतान्त्रिक विधि मिच्नेले नै लोकतन्त्रको पाठ सिकाउनु उचित हुँदैन’ « Khabarhub

‘लोकतान्त्रिक विधि मिच्नेले नै लोकतन्त्रको पाठ सिकाउनु उचित हुँदैन’


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले केही दलले संसद्को गरिमा नै उल्लङ्घन गर्ने गरी नियमित ससंद् बैठक बहिष्कार गरेर अरुलाई लोकतन्त्र र विधिको पाठ सिकाउन खोजेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनीहरूले कसैले पनि ‘प्रोपोगण्डा’का नाममा जनतामा अफवाह फैलाउन नहुने धारणा व्यक्त गरे । 

बैठकमा नेपाली कांग्रेसका सांसद ईश्वरीदेवी न्यौापानेले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सहकारी ठगीको अभियोगमा थुनामा रहेका तर सो पार्टीले दोष अरुलाई लगाउने काम गरिरहेको टिप्पणी गरिन्। उनले केही दलले लोकतन्त्र र विधिको पाठ पढाएर सदनको गरिमाविपरीत ससंद् बैठक बहिष्कार गर्ने गरेकामा विरोध जनाइन्। सांसद न्यौपानेले संसद्मा महिला समिति बनाउन ढिलाइ भएकोप्रति जवाफ माग गरिन्।

नेकपा ९एमाले०का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाएका माग सम्बोधन गर्न सरकारले समिति गठन गरी काम गरिरहेको अवगत गराउँदै लामो समयदेखि सदन बहिष्कार गर्दा सदनको मर्यादा उल्लघङ्न भएको बताए । यो कार्य ससंदीय विधिविपरीत भएको उनले टिप्पणी गरे।

नेकपा ९माओवादी केन्द्र० का सांसद शक्तिबहादुर बस्नेतले केही दिनअघि भारतको उत्तराखण्डमा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै त्यस घट्नामा नेपाली नागरिक पनि बेपत्ता भएकाले खोजीका लागि प्रभावकारी कूटनीतिक पहल गर्न सरकारसँग माग गर्नुभयो । कैलाली कारागारमा भएको घटनामा सुरक्षाको कमजोरी रहेको उनले टिप्पणी गरे।  

जनता समाजवादी पार्टी नेपालका सांसद उपेन्द्र यादवले समावेशी समानुपातिक सिद्धान्तअनुसार राज्यका सबै निकायमा नियुक्ति गर्न आग्रह गरे । सांसद शेरबहादुर कुँवरले पनि भारतको उत्तराखण्डमा गएको पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै त्यस घटनामा नेपाली नागरिक बेपत्ता भएकाले खोजीका लागि पहल गर्न माग गरे। 

सांसदहरू रञ्जुकुमारी झा, अब्दुल खाँन, रामप्रकाश चौधरी, प्रेम सुवाल, प्रभु साह, योगेन्द्र मण्डललगायतले जनजीविकाका समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।
 

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ६ : ०५ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल