२६.२२ अंकले घट्यो नेप्से, कारोबार सात अर्ब नजिक
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.२२ अंकले घटेको छ । नेप्से ०.९२ प्रतिशतले घट्दा परिसूचक २७९६.२४ विन्दुमा पुगेको छ ।
बजार बन्द हुँदासम्म ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर कारोबार भएको छ ।

अन्तिम समयमा २४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एक वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
दिनभरमा ३२३ वटा कम्पनी कारोबारमा आउँदा ७८ हजार २२६ कित्ता शेयर कारोबार भएको छ ।
लक्ष्मी उन्नति कोषले २० प्रतिशत लाभांश दिने
झण्डै एक अर्बले बढ्यो नबिल बैंकको नाफा, खराब कर्जा पनि घट्यो
वैदेशिक रोजगारीबाट फर्केर केराखेती गरेका युवाको कमाइ वार्षिक १८ लाख
यस्ता छन् सरकारले देखेका ११ वित्तीय जोखिम र २१ रणनीति
अर्थ मन्त्रालयले (आज) मङ्गलबार देशले भोग्नुपर्ने सम्भावित वित्तीय जोखिम र त्यसलाई समाधान गर्ने रणनीतिसहित एक प्रतिवेदन सार्वजनिक गरेको छ ।
‘फिस्कल रिस्क एण्ड स्ट्राटेजिज्’ (वित्तीय जोखिम विवरण तथा रणनीति) शीर्षकको उक्त प्रतिवेदनमार्फत सरकारले मुलुकको वित्तीय क्षेत्रमा ११ जोखिम पहिचान गरेको जनाएको छ । ती क्षेत्रका जोखिमले पार्ने असर मूल्याङ्कन र न्यूनीकरण गर्न २१ वटा बुँदागत रणनीति पनि अघि सारेको छ ।
प्रतिवेदनमा नेपालको वित्तीय जोखिमका मुख्य स्रोतहरूलाई तीन प्रमुख समूहमा वर्गीकरण गरिएको छ । तीमध्ये समष्टिगत आर्थिक जोखिमलाई अर्थ मन्त्रालयले पहिलो नम्बरमा राखेको छ ।

कुल गार्हस्थ उत्पादन (जीडीपी) मा अस्थिरता या उतारचढावले राजस्व, खर्च र ऋणको स्तरलाई नै असर गर्ने, निरन्तर मुद्रास्फीति दबाबले क्रयशक्ति (खरिद गर्न सक्ने क्षमता) कमजोर बनाउने र सार्वजनिक खर्च दायित्व बढाउने प्रतिवेदनमा उल्लेख छ ।
ब्याजदर अस्थिरतालाई पनि सरकारले वित्तीय जोखिमको स्रोतका रूपमा पहिचान गरेको छ । मन्त्रालयका अनुसार; ब्याजदर अस्थिर हुँदा ऋण लागतमा परिवर्तन आउने र ऋण सेवालाई असर गर्ने गर्छ । त्यस्तै; विनिमय दर अस्थिरताले बाह्य ऋण चुक्ता र आयात लागतलाई असर गर्छ ।
राजस्वको सङ्कलनको तुलनामा ऋण बढिरहे पनि सरकारले जीडीपीसँगको अनुपातमा ऋण जोखिमलाई भने खासै आकलन गरेको छैन । जीडीपी-ऋण अनुपातबाट हुने जोखिम नेपालका हकमा तत्काललाई कम जोखिमयुक्त मानिएको छ ।
यसबीचको एक दशकमा विनाशकारी महाभूकम्प र कोरोना महामारीबाट चर्को क्षति भोगेको नेपालले यस्ता जोखिमलाई विशिष्ट जोखिम मानेको छ । बारम्बार बाढी, पहिरो र कहिलेकाहीं भूकम्पजस्ता प्राकृतिक प्रकोपले ठूलो वित्तीय बोझ थोपर्ने प्रतिवेदनमा उल्लेख छ ।
तेह्रथुम पावरको शेयर लिलामी बिक्रीमा
नेपाल माइक्रो इन्स्योरेन्सको लक इन भदौ २२ गते सकिँदै
पर्साका किसानको गुनासो- खडेरीबाट जोगिएको धानमा मल हाल्नै पाएनौँ
नेपालबाट भारतमा बिजुली निर्यात १०१०.९ मेगावाट पुग्यो
भारतले नेपालबाट लैजाने बिजुलीको परिमाण १०१०.९ मेगावाट पुर्याएको छ । यसअघि विभिन्न आयोजनाबाट उत्पादित ८१०।९ मेगावाट बिजुली लगिरहेको भारतले नेपालसँग थप २०० मेगावाट बिजुली मागेको हो ।
नेपाल विद्युत प्राधिकरणले दिएको जानकारी अनुसार, नेपालबाट थप २०० मेगावाट बिजुली पठाउन भारतले सहमति दिएको छ । पाँच जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली आयातका लागि भारत सरकारले अनुमति दिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

चीनसँगको टकरावका कारण आफैँले चिनियाँ सङ्लग्नता बिनाका आयोजना छानेर बिजुली लैजाने गरेको नयाँ दिल्लीले काठमाडौँलाई आफूकहाँ बिजुली पठाउने थप पाँच आयोजनाको लिस्ट पनि स्वीकृत गरेको छ । लोअर सोलु, सुपर काबेली ए, ठूलो खोला, लिखु खोला ए र लिखु-२ आयोजनाबाट उत्पादित बिजुली भारतले लैजाने भएको हो ।
भारतले थप २०० मेगावाट विद्युत आगामी अक्टोबर ३१ सम्म लैजानेछ । स्वच्छ ऊर्जा उपलब्धतामा दबाब खेपिरहेको भारतले त्यसपछि पनि नेपालको निर्यात क्षमता कायम रहेमा विद्युत आयातमा निरन्तरता दिने प्राधिकरणका अधिकारीहरूले बताएका छन् ।
प्रतिक्रिया