कोशीको एमाले बैठकमा बस्नेतले भने- विद्या भण्डारीको अपमान गर्न पाइँदैन, सदस्यता रोक्ने निर्णय सच्याऊँ « Khabarhub

कोशीको एमाले बैठकमा बस्नेतले भने- विद्या भण्डारीको अपमान गर्न पाइँदैन, सदस्यता रोक्ने निर्णय सच्याऊँ


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धनकुटाको हिलेमा जारी नेकपा एमालेको कोशी प्रदेश कमिटी बैठकमा प्रदेश कमिटी सदस्य रोशन बस्नेतले केन्द्रीय नेतृत्वको पछिल्लो निर्णयप्रति असन्तुष्टि जनाउँदै कडा चेतावनी दिएका छन्।

बस्नेतले बैठकलाई उत्सवजस्तो माहोलमा सञ्चालन गर्नु अनुचित भएको बताउँदै पार्टी नेतृत्व र पदाधिकारीहरूलाई लक्षित गरेर ‘पानी र बानी माथिबाटै सङ्ग्लो हुनुपर्ने’ उल्लेख गरे।

उनले केन्द्रीय कमिटीको अपानि १२ को बुँदा नं. ६ अन्तर्गत ‘पूर्वराष्ट्रपति पार्टी राजनीतिमा संलग्न हुन नहुने’ भन्ने निर्देशनात्मक निर्णयले कार्यकर्तामा निराशा र दुःख सिर्जना गरेको भन्दै यो निर्णय सच्याउन माग गरे।

उनले भने, ‘यो निर्णयले मिसन ०८४ मा गम्भीर असर गर्ने अवस्था छ। आमकार्यकर्ताले यसलाई सच्याउन माग गरेका छन्।’

बस्नेतले वर्तमान सूचना प्रविधिको युगमा ज्ञान र सूचना माथिल्लो तहबाट मात्र आउने पुरानो सोच त्याग्नुपर्नेमा जोड दिए।

उनले केन्द्रीय निर्णयहरूबारे स्पष्ट जानकारी तल्लो संरचनामा नपुर्‍याई कतिपय नेताले भ्रम फैलाउने गरेको आरोप लगाए। ‘केन्द्रीय बैठकमा नोट अफ डिसेन्ट राखिएको विषय तल्लो तहमा ल्याउनुपर्छ, लुकाउन हुँदैन,’ उनले भने ।

एमाले पूर्वउपाध्यक्ष तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता खारेज गर्ने निर्णय आपत्तिजनक भएको भन्दै बस्नेतले त्यसलाई पार्टीको इतिहास र योगदानमाथिको अपमानको रूपमा व्याख्या गरे।

‘२०३० को दशकदेखि कम्युनिस्ट आन्दोलनमा समर्पित, ४५ वर्षअघि सदस्यता लिएकी नेतृलाई हिलो छ्याप्ने काम नेतृत्व तहबाटै हुनु दुःखद हो। यसलाई सच्याउनुपर्छ’, उनले भने ।

बस्नेतले एमाले केन्द्रीय कमिटीलाई तत्काल भण्डारीको सदस्यता पुनःस्थापना गर्न आग्रह गरेका छन् । उनले त्यसबाट मात्रै पार्टीलाई थप सशक्त बनाउन सकिने पनि बैठकमा बताएका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ७ : ४३ बजे

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३ वर्षीया

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौं– धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले

रास्वपा महाधिवेशनमा मतदानको समय साढे चार बजेसम्म थपियो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन

रामकुमारीको आरोप- सरकारले आफ्ना जोगाएर विपक्षीमाथि धरपकड गर्‍यो    

काठमाडौं– नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले आफ्ना नेतालाई

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन