भारतको बाढीपहिरोमा २६ नेपाली बेपत्ता (नामसहित) « Khabarhub

भारतको बाढीपहिरोमा २६ नेपाली बेपत्ता (नामसहित)


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारत उत्तराखण्डको उत्तरकाशी र पौडी गढवाल जिल्लामा एक साताअघि आएको बाढी र पहिरोमा परी २६ जना नेपाली हराइरहेका छन् ।

यही साउन २० र २१ गतेको बाढीपहिरोमा परी उत्तरकाशीमा २१ र पौडी गढवालमा पाँच जना नेपाली हराइरहेका नयाँ दिल्लीस्थित नेपाली दूतावासले आज सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

उत्तरकाशीमा जनकबहादुर शाही, रवि सिंह (२४ वर्ष), करणबहादुर, रोविन सिंह, गगनबहादुर, गोरखबहादुर, रामबहादुर शाही, हरिबहादुर खड्का, प्रभाती, केशव, निर्मला खड्का, लक्ष्मण, सुवास विक, रमेश, प्रिया, दीपक मगर, सुरज राना, मानबहादुर, नीमबहादुर, रवि सिंह (१८ वर्ष) र रामबहादुर हराइरहेका छन् ।

यस्तै, पौडी गढवालमा नरेन्द्र खड्का, अमृता परियार, रोमन खड्का, सन्ध्या खड्का र विमल विक हराइरहेका दूतावासको तथ्याङ्कमा उल्लेख छ । रासस

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ८ : २७ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको