लापसे गरी सवारी चलाएका नौ चालक बनेपा प्रहरीको नियन्त्रणमा « Khabarhub

लापसे गरी सवारी चलाएका नौ चालक बनेपा प्रहरीको नियन्त्रणमा


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाइरहेका नौ चालकलाई इलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिएको छ ।

आज (मङ्गलबार) दिउँसो ११:३५ देखि बेलुकी २:३० सम्म बनेपा नगरपालिका-१४, साँगा स्थित अरनिको राजमार्ग सडक खण्डमा नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा काभ्रे, इ.प्र.का. बनेपा काभ्रे, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा र शिर मेमोरियल अस्पतालबाट खटिएको संयुक्त टोलीले चेकजाँच गरेको थियो ।

यात्रुबाहक सवारीसाधन चलाइरहेका ४० चालकहरुलाइ लागुपदार्थ सेवन गरे/नगरेको सम्बन्धमा चिकित्सक सहितको स्वास्थ्यकर्मीहरुको टोलीले ड्रग्स किट्सको माध्यमबाट पिसाब परीक्षण गरेको थियो ।

सो क्रममा नौ जना चालकहरूले लापसे गरेको प्रमाणित भएको थियो । लापसे गरेका चालकहरूलाई नियन्त्रणमा लिइ थप अनुसन्धान र मुद्दा दायर निम्ति काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट प्रहरीले पाँच दिन थप म्याद लिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  १० : २० बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको