एसिया कप : बंगलादेशको विजयी सुरुवात, हङकङ ७ विकेटले पराजित « Khabarhub

एसिया कप : बंगलादेशको विजयी सुरुवात, हङकङ ७ विकेटले पराजित


२७ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिया कप क्रिकेटमा बङ्गलादेशले विजयी सुरुवात गरेको छ। बङ्गलादेशले आफ्नो पहिलो खेलमा हङकङलाई ७ विकेटले हराएको हो।

गएराति भएको खेलमा हङकङले दिएको १४४ रनको लक्ष्य बङ्गलादेशले १७ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टाएको हो। त्यसअघि पहिला ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४३ रन बनाएको थियो।

हङकङ यो लगातार दोस्रो हार हो। पहिलो खेलमा अफगानिस्तानसँग ९४ रनले पराजित भएको थियो। लिग चरणको आफ्नो अन्तिम खेलमा अब उसले श्रीलङ्कासँग खेल्नेछ। समूह ‘ए’को खेलमा आज पाकिस्तान र ओमान प्रतिस्पर्धा गर्नेछन्। समूह ‘ए’ मा यूएईलाई ९ विकेटले हराउँदै भारतले विजयी सुरुवात गरेको छ।

एसिया कपमा दुई समूहका आठ टिमले प्रतिस्पर्धा गर्दैछन्। समूह ‘ए’मा भारत, पाकिस्तान, यूएई र ओमान छन् भने समूह ‘बी’मा श्रीलंका, अफगानिस्तान, बंगलादेश र हङकङ छन्। श्रीलंका, ओमान र पाकिस्तानले अहिलेसम्म कुनै खेल खेलेका छैन।

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  ६ : २३ बजे

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न