एसिया कप : बंगलादेशको विजयी सुरुवात, हङकङ ७ विकेटले पराजित « Khabarhub

एसिया कप : बंगलादेशको विजयी सुरुवात, हङकङ ७ विकेटले पराजित


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिया कप क्रिकेटमा बङ्गलादेशले विजयी सुरुवात गरेको छ। बङ्गलादेशले आफ्नो पहिलो खेलमा हङकङलाई ७ विकेटले हराएको हो।

गएराति भएको खेलमा हङकङले दिएको १४४ रनको लक्ष्य बङ्गलादेशले १७ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टाएको हो। त्यसअघि पहिला ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४३ रन बनाएको थियो।

हङकङ यो लगातार दोस्रो हार हो। पहिलो खेलमा अफगानिस्तानसँग ९४ रनले पराजित भएको थियो। लिग चरणको आफ्नो अन्तिम खेलमा अब उसले श्रीलङ्कासँग खेल्नेछ। समूह ‘ए’को खेलमा आज पाकिस्तान र ओमान प्रतिस्पर्धा गर्नेछन्। समूह ‘ए’ मा यूएईलाई ९ विकेटले हराउँदै भारतले विजयी सुरुवात गरेको छ।

एसिया कपमा दुई समूहका आठ टिमले प्रतिस्पर्धा गर्दैछन्। समूह ‘ए’मा भारत, पाकिस्तान, यूएई र ओमान छन् भने समूह ‘बी’मा श्रीलंका, अफगानिस्तान, बंगलादेश र हङकङ छन्। श्रीलंका, ओमान र पाकिस्तानले अहिलेसम्म कुनै खेल खेलेका छैन।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ६ : २३ बजे

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले

गोदावरी नदीबाट एक जनाको उद्धार

कैलाली – कैलालीको गोदावरी नदीको बाढीमा फसेका एक जनाको प्रहरीले

जनता सडकमा ओर्लिसक्दा किन एक बचन बोल्दैनन् रवि ?

काठमाडौं- गत फागुनको चुनावी अभियानका क्रममा वालेन्द्र शाहलाई देखाउँदै राष्ट्रिय

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज – बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा