रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु « Khabarhub

रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

चन्द्रपुर– जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ । आज बिहान प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले सूचना जारी गर्दै बिहान ६ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म निषेधाज्ञा जारी गरेको जानकारी दिए। 

उनका अनुसार साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ । अत्यावश्यक आवतजावतका लागि आज साँझ ५ः०० बजेदेखि ७ः०० बजेसम्मको समय तोकिएको छ । 

निषेधाज्ञा वा कर्फ्युको समयमा भेला, जुलुस, सभा, बैठक,  प्रर्दशन, पोष्टर पर्चाजस्ता सामग्री टाँस्न वा लेख्न एवं शान्ति र व्यवस्थामा असर हुने कुनै पनि कार्य गर्न र पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ७ : ३० बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको