उपत्यकामा शुक्रबार सेनाको नियम के छ ? « Khabarhub

उपत्यकामा शुक्रबार सेनाको नियम के छ ?

कर्फ्यू खुकुलो बन्दा बजारमा चहलपहल


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबार बिहान नेपाली सेनाले कर्फ्यू हटाउँदा बजारमा चहलपहल देखिएको छ। बिहान ६ बजेदेखि ११ बजेसम्म सर्वसाधारणलाई अत्यावश्यक कामका लागि आवतजावतमा छुट दिएपछि चहलपहल बढेको हो। सेनाले शुक्रबार साँझसमेत ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामका लागि समय दिएको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म भने निषेधाज्ञा हुनेछ। निषेधाज्ञाको समयमा पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन। यो समयमा एम्बुलेन्स, शव वाहन, सुरक्षाकर्मी, सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मीलगायत अत्यावश्यक कामका व्यक्तिलाई आफ्नो परिचय पत्र बोकेर हिँडडुल गर्न पाइने सेनाको सूचनामा उल्लेख छ।

सेनाले साँझ ७ बजेपछि भने कर्फ्यू आदेश जारी गरेको छ। कर्फ्यू शनिबार बिहान ६ बजेसम्म रहने छ। सेनाले परिस्थितिलाई नियन्त्रणमा लिएर निषेधाज्ञा र कर्फ्यूको समय बढाउँदै आएको छ। भदौ २३ र २४ गतेको जेनजीको प्रदर्शनमा ३४ जनाको मृत्यु भइसकेको छ भने हजार बढी घाइते भएका छन्।

जेनजी प्रदर्शनकारीले गरेको आन्दोलनपछि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएसँगै नयाँ सरकार गठनको कसरत भइराखेको छ। राष्ट्रपति र सेनापतिको पहलमा जेनजीको सिफारिस अनुसार पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति भए पनि सबै प्रक्रिया टुंगिएको छैन। कार्कीलाई प्रधानमन्त्री बनाउन संवैधानिक जटिलता देखिएपछि राष्ट्रपतिले संविधानविद्सँगको छलफललाई निरन्तरता दिएका छन्।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ९ : ५० बजे

‘ताखु’बाट धागो कात्दै कालिकोटका बल बहादुर (तस्बिरहरू) 

काठमाडौं– संघीय राजधानी काठमाडौंको हनुमानढोका दरबार स्क्वायर आउने प्रायः आगन्तुकहरूले

निर्वाचनको तयारी : राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्