रविको फोटोसहित सडकको पर्खालमा टाँसियो- नख्खुबाट कैदी भागेकाे सूचना « Khabarhub

रविको फोटोसहित सडकको पर्खालमा टाँसियो- नख्खुबाट कैदी भागेकाे सूचना


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत मंगलबार देशभर भएको विध्वंसको फाइदा उठाउँदै हुलहुजज्जतसहित नख्खु कारागारबाट बाहिर निस्केका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्नुपर्ने माग चर्किन थालेको छ।

जेन-जीहरूले टिकटकमार्फत् रविलाई जेल फर्किन दबाब देखिन थालेका बेला अब सडकका भित्तामा पनि सूचना देखिन थालेको छ ।

सहकारी ठगीमा जेलमा रहेका रविलाई रास्वा सांसदहरू हरि ढकाल र डीपी अर्याल नख्खु पुगेर त्यहाँस्थित जेलरलाई दबाब दिँदै कानुनी रुपमा प्रश्न गर्न मिल्ने कागजातका भरमा बाहिर निकालेका थिए ।

चलानी नम्बरसमेत नभएको र गृह मन्त्रालयका सचिवले गर्ने नमिल्ने निर्णय भन्दै लेखिएको उक्त पत्रलाई आड देखाउँदै बाहिर निस्केका रविलाई फेरि जेल पठाउने अभियान थालिएको हो ।

पछिल्लो पटक ‘हामी नेपाल’ समूहका युवाहरूले काठमाडौँका चोक-चोकमा रवि लामिछानेको फोटोसहितको पोष्टर टाँस्दै फरार भएकाले पक्राउ गर्न दबाब दिएका हुन् ।

उनीहरूले रवि कारागारबाट निस्किएर फरार भएकाले उनलाई पक्राउ गरेर कारागार फर्काउन माग गरेका छन् । ‘कैदी भागेको सूचना’ भन्दै टाँसिएको पोस्टरमा उनलाई ‘मस्ट वान्टेड क्रिमिनल’ का रुपमा उक्त सूचनामा परिचित गराइएको छ ।

जेन-जी आन्दोलनमा घुसपैठ गर्न पुगेका रास्वपाका कार्यकर्ताहरूले लामिछानेलाई नख्खुबाट बलजफ्ती निकालेका थिए । नख्खुबाट निस्केयता उनी अहिले अपार्टमेन्टमा रहेका छन् । तर यता सडकमा भने उनलाई फरार कैदीका रुपमा खोजी थालिएको हो ।

लामिछाने नख्खु बलजफ्ती निस्केको साइड इफेक्ट अहिले देशभरबाट कम्तीमा पनि १५ हजार कैदी भागिसकेका छन् । नख्खुबाट भागेका खुंखार अपराधी एवम् पूर्वमन्त्री सञ्जय टक्ला ललितपुरको मंगलटारबाट पक्राउ परिसकेका छन् ।

उता केन्द्रीय कारागार सुन्धारबाट भागेका एमाले नेता टोपबहादुर रायमाझीले भने जेल प्रशासनलाई सम्पर्क गरेर आफू फिर्ता आउने खबर पठाएका छन् ।

कारागारबाट भागेकामध्ये अहिलेसम्म १३ सयभन्दा बढी कैदीला पक्राउ गरेर फर्काइएको छ । यता सेना र प्रहरीले भागेका कैदीलाई तत्काल कारागार फर्किन भनिरहेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ११ : ५६ बजे

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को