पोल्यान्डको सीमा नीति असन्तुलित : रूस « Khabarhub

पोल्यान्डको सीमा नीति असन्तुलित : रूस


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

मस्को- रूसले पोल्यान्डलाई बेलारुससँगको सीमाना बन्द गर्ने निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ । बिहीबार रूसको विदेश मन्त्रालयका प्रवक्ता मारिया झाखारोभाले उक्त जानकारी दिएकी हुन् ।

प्रवक्ताका अनुसार, पोल्यान्डद्वारा उठाइएको कदमले युरोपको केन्द्रमा विद्यमान परिस्थिति थप जटिल र तनावपूर्ण बनाउन सक्ने सम्भावना छ ।

उनले भनिन्, ‘पोल्यान्डको एकपक्षीय निर्णयले ती अन्तर्राष्ट्रिय साझेदारहरूलाई कठिनाइ पुर्‍याउनेछ, जसले पोल्यान्ड–बेलारुस सिमानाबाट व्यापारिक गतिविधि सञ्चालन गरिरहेका छन् ।’

यसअघि, पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले मङ्गलबार रूस र बेलारुसबीच सञ्चालन भइरहेका सैन्य अभ्यासका कारण बिहीबार मध्यरातबाट पोल्यान्डले बेलारुससँगको सिमाना पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको घोषणा गरेका थिए । उनले उक्त अभ्यासलाई अत्यन्त उग्र र चासोको विषय भनेका थिए ।

यता, प्रवक्ता झाखारोभाले भनिन्, ‘उक्त सैन्य अभ्यासहरू नियमित रूपमा आयोजना हुने गरेका छन् ।’

यसै सन्दर्भमा, बेलारुसको विदेश मन्त्रालयले पोल्यान्डका कार्यवाहक प्रतिनिधिलाई बोलाई पोल्यान्डको निर्णयप्रति मौखिक आपत्ति जनाएको छ।

बेलारुसी पक्षले भनेको छ, ‘पोल्यान्डको एकपक्षीय निर्णयले सम्पूर्ण युरोपेली सङ्घ–बेलारुस सिमानामा प्रभाव पार्नेछ, जसले सर्वसाधारण नागरिक तथा मालसामानको आवत–जावतमा गम्भीर अवरोध सिर्जना गर्न सक्छ ।’

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ३ : २३ बजे

वैज्ञानिक समाजवादी नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदै

काठमाडौं – वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको एकता पक्षधर समूह नेपाली कम्युनिष्ट पार्टीमा

भक्तपुरका नागरिकसँग महेश बस्नेतको प्रतिबद्धता- अधुरा विकास योजना पूरा गर्नेछु

काठमाडौं– नेकपा (एमाले)का सचिव महेश बस्नेतले भक्तपुरको अधुरा विकास योजनाहरू

कांग्रेसमा स्थानीय तह बलियो बनाउने अभियान सुरु भएको छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब स्थानीय तह बलियो

युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन र रुसबीच लागू भएको

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा दुई हजारभन्दा बढी कर्मचारी खटाइने

कञ्चनपुर– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका