जलाउन नभ्याएको यो भवनमा गरिनेछ प्रधानमन्त्रीको स्वागत (तस्बिरहरू) « Khabarhub

जलाउन नभ्याएको यो भवनमा गरिनेछ प्रधानमन्त्रीको स्वागत (तस्बिरहरू)


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृह मन्त्रालयको बन्दै गरेको नयाँ भवनमा अन्तरिम सरकारका प्रधानमन्त्रीको लागि कार्यकक्ष तयार गरिएको छ ।

नयाँ सरकार गठनको तयारीसँगै अब बन्ने प्रधानमन्त्रीको कार्यकक्षको व्यवस्थापन सुरू गरिएको हो ।

जेन-जीको आन्दोलनका क्रममा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलेर खरानी भएपछि नयाँ कार्यालयको व्यवस्थापन सुरू गरिएको हो ।

हालका लागि सिंहदरबारभित्रै निर्माणको अन्तिम चरणमा पुगेको नयाँ गृह मन्त्रालयको भवनलाई नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका रुपमा व्यवस्थापन गर्न लागिएको छ ।

त्यसका लागि आवश्यक सामानहरूको व्यवस्थापनका साथै सरसफाइसमेत गरिएको छ । जेन-जीका नाममा अराजकहरूको समूहले अन्य भवन जलाए पनि यो भने निर्माणाधीन भने जोगिएको थियो ।

यसअघि सिंहदरबारको मुख्य भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको थियो ।

आन्दोलनका क्रममा प्रदर्शनकारीले गरेको आगजनीका कारण उक्त भवन जलेर ध्वस्त भएपछि नयाँ भवनको खोजी गरिएको हो ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ४ : ०५ बजे

एसपीलाई स्पष्टीकरण सोधेर आफैं उद्योगी-व्यापारी फकाउन खटिए डीआईजी खनाल

विराटनगर- विराटनगरका उद्योगी तथा व्यवसायीको घर र कार्यालयमा ठूलो संख्यामा

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

कम्पाला– युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक

रास्वपा सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीले के भने ?

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने रास्वपा

एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो

काठमाडौं– लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ ।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौं– नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’