सुशीला कार्कीविरुद्ध खनिँदै सूर्य थापाले लेखे – वडासदस्य जित्ने हैसियत छैन « Khabarhub

सुशीला कार्कीविरुद्ध खनिँदै सूर्य थापाले लेखे – वडासदस्य जित्ने हैसियत छैन


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जेन-जी आन्दोलनपछि सत्ताच्यूत भएको नेकपा (एमाले) का सांसद सूर्य थापा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध खनिएका छन्‌ ।

कार्की नेतृत्वमा अन्तरिम मन्त्रिपरिषद्‌ गठन गरी नयाँ चुनाव गराउने प्रयास भइरहँदा एमाले नेता थापाले विद्युतीय सामाजिक सञ्जाल फेसबुकबाट कटु टिप्पणी गरेका हुन्‌ ।

प्रधानमन्त्रीमा प्रस्तावित कार्कीको वडासदस्य जित्ने हैसियत पनि नभएको दाबी गर्दै थापाले उनी संविधानविपरित जस्केलाबाट प्रधानमन्त्री बन्ने जङ्गली महत्वाकांक्षामा रहेको लेखेका हुन्‌ ।

‘वडासदस्य जित्ने हैसियत छैन, संविधानविपरित जस्केलाबाट प्रधानमन्त्री बन्ने जंगली महत्वाकांक्षा ? राम राम राम !’ थापाले लेखेका छन्‌, ‘दुर्गा सुवेदी दाइ एकपटक सोसल मिडियामा भेटिएको उहाँकै यो फैसला पढेर सुनाइदिनुस न ! आफैँले के राय लेख्नुभएको रहेछ ???’

पहिलो संविधानसभा भङ्ग भएपछि सर्वोच्च अदालतका वहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षमा मन्त्रिपरिषद्‌ गठन भएको थियो । सरकारको सो निर्णयविरुद्ध परेको रिटमा पछि कार्कीले गरेको फैसलाको अंशलाई पनि थापाले फेसबुकमा शेयर गरेका छन्‌ ।

सोमबार सुरु भएको जेन-जी प्रदर्शनमा सरकारले ठूलो सङ्ख्यामा मानवीय हताहती हुने दमन गरेपछि मङ्गलबारको प्रदर्शन उग्र बनेको थियो । प्रदर्शन बढ्दै गएपछि थापाको पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदबाट राजीनामा गरी सेनाको हेलिकोप्टरबाट अन्यत्रै भागेका थिए ।

थापाले लेखेको फेसबुक स्टाटस :

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ५ : १३ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक