आगामी दुई वर्षमा तेलको माग दैनिक १३–१४ लाख ब्यारेलले बढ्ने ओपेकको प्रक्षेपण « Khabarhub

आगामी दुई वर्षमा तेलको माग दैनिक १३–१४ लाख ब्यारेलले बढ्ने ओपेकको प्रक्षेपण


२७ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भियना– पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन ओपेकले विश्वव्यापी तेल माग वृद्धिको पूर्वानुमान सन् २०२५ र २०२६ का लागि यथावत राख्ने निर्णय गरेको बिहीबार आफ्नो मासिक तेल बजार प्रतिवेदन मार्फत सार्वजनिक गरेको छ ।

प्रतिवेदनअनुसार, सन् २०२५ मा तेलको माग वार्षिक रूपमा दैनिक लगभग १३ लाख ब्यारेलले वृद्धि हुने तथा सन् २०२६ मा दैनिक लगभग १४ लाख ब्यारेलले बढ्ने अनुमान छ, जुन गत महिनाको पूर्वानुमानसँग मेल खान्छ ।

आर्थिक सहयोग तथा विकास संगठन ओइसीडीभित्र तेलको माग वार्षिक रूपमा दैनिक करिब १ लाख ब्यारेलले वृद्धि हुने अपेक्षा गरिएको छ भने ओईसीडी बाहिरको क्षेत्रको माग मुख्य रूपमा अन्य एशियाली देशहरू, चीन र भारतको कारणले दैनिक लगभग १२ लाख ब्यारेलले बढ्ने देखिन्छ। अन्य क्षेत्रहरूमा पनि स्थिर वृद्धि हुने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सन् २०२५ को पहिलो आधा वर्षमा आर्थिक गतिविधिमा देखिएको मजबुत गतिलाई मध्यनजर गर्दै, ओपेकले सन् २०२५ का लागि विश्वव्यापी आर्थिक वृद्धिको दर ३ प्रतिशत र सन् २०२६ का लागि ३.१ प्रतिशत कायम राखेको छ ।

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  ५ : ४६ बजे

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी