भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए « Khabarhub

भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए


२७ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

चितवन– कारागार कार्यालय भरतपुरबाट भागेका कैदीबन्दी फर्कने क्रम जारी छ । बिहीबार सबै कैदी–बन्दीको घरपरिवारमा सम्पर्क गरिएको थियो । सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन् ।
 
कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार अहिलेसम्म १२६ कैदीबन्दी फर्किएका छन् । उनले भने, ‘बुधबार बिहान ७४० कैदीबन्दी कारागर फोरेर भागेका थिए ।’ भागेका  कैदीबन्दीलाई समेत सम्पर्क गरेर तत्काल कारागार आउन भनिएको प्रमुख ढुङ्गानाले बताए । 

उनले भने, ‘कतिपय सम्पर्कमा हुनुहुन्छ । कारागार आउने क्रम जारी छ ।’कारागारमा रहेका ४६ महिलामध्ये १५ आइसकेका छन् । करिब ५० जना भने सम्पर्कमा नआएको उनले जानकारी दिए । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी थिए । 
 

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  ५ : ३२ बजे

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी