धरानको भाटभटेनीमा जलेका चारवटा शव फेला, अवशेषमात्रै बाँकी « Khabarhub

धरानको भाटभटेनीमा जलेका चारवटा शव फेला, अवशेषमात्रै बाँकी


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

सुनसरी – धरानको भाटभटेनी सुपरमार्केटभित्र जलेको अवस्थामा चारवटा शवका अवशेष भेटिएको छ । भवनका पहिलो तल्लामा एउटा र तेस्रो तल्लामा तीनवटा शव पूरै जलेको अवस्थामा भेटिएको हो ।

मङ्गलबार चर्किएको जेन-जी प्रदर्शन क्रममा अराजक समूहले धरान उपमहानगरपालिका-१०, पुतलीलाइनमा रहेको भाटभटेनी सुपरमार्केटमा तोडफोड, लुटपाट र आगजनी गरेको थियो ।

एउटा समूह लुटेर निस्केपछि आगो लगाउँदा भवनबाट निस्कन नभ्याएको अर्को समूहका सदस्यहरू जलेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

आगजनी भएको चौथो दिन आजसम्म पनि उक्त भवनमा लागेको आगो निभेको छैन । आज मध्याह्न पहिलो तल्लामा एउटा शव फेला परेपछि अरू तलामा पनि शव भएको हुनसक्ने भन्दै सुरक्षाकर्मीहरूले खोज्न थालेका थिए ।

आगोले जलेर शरीरको आकारमा खरानी भएको शवको खप्पर, दाँत र हड्डीको केही अवशेषमात्रै भेटिएको छ । उक्त अवशेषलाई प्रहरीले मुचुल्का उठाएर पोष्टमार्टम गर्न लगेको छ । अन्य शवको खोजी कार्य पुनः गर्ने सुरक्षा निकायले जनाएको छ ।

प्रत्यक्षदर्शीहरूका अनुसार गत मंगलबार साँझ ५ बजे भाटभटेनी सुपर मार्केट बन्द भइसकेको तीन घण्टा पछि राती ९ बजेतिर अराजक समूह आएर तोडफोड गर्दै लुटपाट मच्चाउन थालेको थियो । उक्त समूहका १५–२० जना भित्र पसेको देखिएको स्थानीयले बताएका थिए ।

सोही अराजक समूहमा रहेका अन्यले बाहिरबाट आगजनी गरेका थिए । आगो फैलिएर दनदनी बल्न थालेपछि लुटपाट मच्चाउन भित्र पसेकामध्ये चारजना फस्न पुगेका थिए । एक जना लुटेरा दुई तलाबाट हाम फालेर बाचे पनि तिनको खुट्टा भाँचिएको थियो ।

भाटभटेनीको आगलागीमा फस्नेहरूले मोबाइल सम्पर्क गरेर घरमा फोन गरेका थिए । ती मध्ये दुई जनाका अभिभावक सम्पर्कमा आएको बताइएको छ ।

ताप्लेजुङ स्थायी घर भए पनि इटहरीमा बसेर पढ्दै आएका एक जनाले पनि भाटभटेनीमा फसेको भनेर फोन सम्पर्क गरेका थिए । ती युवा स्कुटर लिएर अराजक समूहसँग लुटपाटमा हिँडेका थिए । भाटभटेनी अगाडि बेवारिस स्कुटर भने अभिभावकहरूले लगेको प्रत्यक्षदर्शीहरुले बताए ।

अर्का एक जना धरानमै टेलरिङ गर्दै आएका मुस्लिम समुदायका युवाले पनि भाटभटेनीमा फसेको भनेर घरमा फोन सम्पर्क गरेका थिए । फेला परेको शव कस्को हो त्यो भने पहिचान हुन सकेको छैन ।

अराजक समूहले मंगलबार सांझ सात बजेदेखि धरानमा तोडफोड र आगजनी सुरु गरेका थिए । उनीहरूले सबै भन्दा पहिले पूर्व उपमेयर मञ्जु भण्डारीको घर तोडफोड गर्दै घरका सामान बाहिर निकालेर आगो लगाएका थिए ।

त्यसपछि सोही समूह पुर्व मेयर मनोज कुमार मेन्याङ्बोको बरगाछीस्थित होटल कन्चनजंघामा पुगेर तोडफोड गर्दै लुटपाट गरेका थिए । होटल तथा घरका सामान निकालेर बाटोमा आगो लगाएका थिए । मेन्याङ्बोले अराजक समूहले घरभित्र छिरेर नगद ७ लाख रुपैयाँ र बहुमूल्य गहनाहरू पनि लुटेको बताए ।

सोही समूह धरान–१८ बुद्धचोकस्थित पूर्व मेयर तिलक राईको घर तिर आगजनी र तोडफोड गर्न पुगे पनि स्थानीय समुदायले लखेटेका थिए ।

तितरवितर भएका उक्त अराजक समूह फेरि एकजुट भएर धरान–१७ का वडाध्यक्ष मनोज भट्टराईको घर लुटपाट र आगजनी गर्न पुग्दा त्यहाँ पनि तीन चार सयको संख्यामा स्थानीय बासिन्दा देखेपछि भागेका थिए ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ५ : ४८ बजे

कास्की र नवलपुर गण्डकी प्रदेश टी–२० क्रिकेटको फाइनलमा

कास्की – पोखरामा जारी चौथौ संस्करणको गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष

वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

महाकाली पुल निर्माण विवाद : पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

महेन्द्रनगर – कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल

आईपीएल : हैदराबादविरुद्ध चेन्नईको मध्यम सुरुवात

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा

स्थानीय उत्पादनको बजारीकरण गर्दै बडिगाड

बागलुङ – बागलुङको बडिगाड गाउँपालिकालाई स्थानीय उत्पादनको हवका रूपमा विकास