जितिया पर्वका लागि सिरहामा दैनिक तीन घण्टा निषेधाज्ञा खुकुलो « Khabarhub

जितिया पर्वका लागि सिरहामा दैनिक तीन घण्टा निषेधाज्ञा खुकुलो


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

सिरहा– जितिया पर्वको अवसरमा जिल्ला प्रशासन कार्यालय सिरहाले विशेष व्यवस्था स्वरूप आगामी शनिबारसम्म हरेक दिन तीन घण्टाका लागि निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार, नागरिकको सुरक्षा र जनजीवनलाई सहज बनाउन सात घण्टा निषेधाज्ञा जारी गरिएको भए पनि पर्वको तयारीका लागि दिउँसो ३ बजेदेखि ६ बजेसम्म स्थानीय हाटबजार तथा पसल सञ्चालन गर्न दिने निर्णय गरिएको हो ।

इलाका प्रशासन कार्यालय लहानका शाखा अधिकृत सन्तोष रायले लहान क्षेत्रमा लाग्ने साप्ताहिक हटिया र पसल यही समयमा सञ्चालन हुने जानकारी दिए । उनले भने, “नागरिकलाई आवश्यक सामग्री किनमेल गर्दा अनावश्यक भीडभाड नगरी स्वास्थ्य मापदण्ड पालना गर्दै तुरुन्त घर फर्किन अनुरोध गरिन्छ । अन्यथा कुनै अवाञ्छित गतिविधि वा लुटपाट भएमा सुरक्षाकर्मीले आवश्यक कारबाही गर्नेछन् ।”

प्राचीन कालदेखि मिथिला क्षेत्रमा असोज कृष्णपक्ष सुरु भएसँगै जितिया पर्वको तयारी सुरु हुन्छ । विशेषगरी महिलाले सन्तानको दीर्घायु र सुस्वास्थ्यका लागि २४ घण्टासम्म पानीसमेत नखाई कठोर व्रत बस्ने यो पर्वलाई पौराणिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिन्छ । आगामी आइतबार जितिया पर्व मनाइँदै छ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ६ : ५६ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार