जेन–जीको चाहनाअनुसार पार्टी रूपान्तरण गर्ने एमाले नेताहरुको प्रतिबद्धता « Khabarhub

जेन–जीको चाहनाअनुसार पार्टी रूपान्तरण गर्ने एमाले नेताहरुको प्रतिबद्धता


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ३२ वटा केन्द्रीय विभागले पार्टीलाई जेन–जीको चाहना बमोजिम बनाइने प्रतिबद्धता गरेका छन् ।

पार्टीका ३२ केन्द्रीय विभागका सचिवको आज भर्चुअल बैठकपछि सार्वजनिक गरिएको अपिलमा पार्टीलाई जेन–जीको चाहना बमोजिम बनाउँदै मुलुकका समग्र समस्या समाधान गर्न प्रतिबद्ध व्यक्त गरेका हुन् । “एमालेलाई हालको जेन–जीको चाहना बमोजिमको पार्टी बनाउँदै मुलुकका समग्र समस्या समाधान गर्न प्रतिबद्ध छौँ”, अपिलमा भनिएको छ ।

विभागले जेन–जीको भावनाअनुसार वर्तमान संविधानको मर्म र परिधिभित्र रहेर तत्काल राष्ट्रिय सरकार गठन गरी वर्तमान राजनीतिक अन्योलताको अन्त्य गर्न माग गरेको एमाले सङ्गठन विभागका सचिव माधव ढुङ्गेलले जानकारी दिए ।

उनले चाँडै राजनीतिक निकासका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सबै कामको अग्रसरता र नेतृत्वको लागि विशेष अनुरोध गरेको बताए। जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दछौं। आन्दोलनका क्रममा घाइते भएकाको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्थाको माग गरिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ७ : १० बजे

बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण

काठमाडौँ । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही

गगन नेतृत्वमा हुने अधिवेशनमा सहभागी नहुन शशांकको अपिल

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र विवाद

राष्ट्रिय सभामा निदाएको भिडियो भाइरल भएपछि महावीरले भने : म सुतुवा मन्त्री होइन

काठमाडौं – राष्ट्रिय सभाको बैठकमा निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल

होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं – काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार