नयाँ प्रधानमन्त्रीको शपथ गृह मन्त्रालयको नयाँ भवनमा, हाजिरी पनि आजै « Khabarhub

नयाँ प्रधानमन्त्रीको शपथ गृह मन्त्रालयको नयाँ भवनमा, हाजिरी पनि आजै


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अन्तरिम सरकार प्रमुख बन्न लागेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सिंहदरबार परिसरस्थित गृह मन्त्रालयको नयाँ भवनमा शपथ लिने भएकी छिन्‌ । उनले आजै कार्यकक्षमा पुगेर हाजिर पनि गर्नेछिन्‌ ।

८ मार्चमा भएको जेन-जी आन्दोलनका क्रममा प्रधानमन्त्री कार्यालय जलेपछि गृह मन्त्रालयको भवनमा अब प्रधानमन्त्री कार्यालय बस्ने भएको हो। यो कार्यालयमा आज दिउँसो नै सम्पूर्ण सजिसजाउ भइसकेको छ।

सोमबार र मङ्गलबार भएको जेन-जी प्रदर्शनको विध्वंशपछि निम्तिएको राजनीतिक शून्यता हटाउनेगरी राष्ट्रपति भवन सिंहदरबारमा केहीबेर अघि कार्कीलाई अन्तरिम सरकारप्रमुख बनाउने सहमति जुटिसकेको छ ।

प्रधानमन्त्रीका रूपमा शपथ लिएपछि कार्कीले मन्त्रिपरिषद्‌को पहिलो बैठकमार्फत प्रतिनिधि सभा विघटन सिफारिस गर्नेछिन् ।

शपथ ग्रहणका लागि पौडेलले कार्कीलाई तयारी भएर उपस्थित हुन भनिसकेका छन्‌ ।

यो पनि –

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ८ : ५६ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते