नयाँ प्रधानमन्त्रीको शपथ गृह मन्त्रालयको नयाँ भवनमा, हाजिरी पनि आजै « Khabarhub

नयाँ प्रधानमन्त्रीको शपथ गृह मन्त्रालयको नयाँ भवनमा, हाजिरी पनि आजै


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अन्तरिम सरकार प्रमुख बन्न लागेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सिंहदरबार परिसरस्थित गृह मन्त्रालयको नयाँ भवनमा शपथ लिने भएकी छिन्‌ । उनले आजै कार्यकक्षमा पुगेर हाजिर पनि गर्नेछिन्‌ ।

८ मार्चमा भएको जेन-जी आन्दोलनका क्रममा प्रधानमन्त्री कार्यालय जलेपछि गृह मन्त्रालयको भवनमा अब प्रधानमन्त्री कार्यालय बस्ने भएको हो। यो कार्यालयमा आज दिउँसो नै सम्पूर्ण सजिसजाउ भइसकेको छ।

सोमबार र मङ्गलबार भएको जेन-जी प्रदर्शनको विध्वंशपछि निम्तिएको राजनीतिक शून्यता हटाउनेगरी राष्ट्रपति भवन सिंहदरबारमा केहीबेर अघि कार्कीलाई अन्तरिम सरकारप्रमुख बनाउने सहमति जुटिसकेको छ ।

प्रधानमन्त्रीका रूपमा शपथ लिएपछि कार्कीले मन्त्रिपरिषद्‌को पहिलो बैठकमार्फत प्रतिनिधि सभा विघटन सिफारिस गर्नेछिन् ।

शपथ ग्रहणका लागि पौडेलले कार्कीलाई तयारी भएर उपस्थित हुन भनिसकेका छन्‌ ।

यो पनि –

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ८ : ५६ बजे

कास्की र नवलपुर गण्डकी प्रदेश टी–२० क्रिकेटको फाइनलमा

कास्की – पोखरामा जारी चौथौ संस्करणको गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष

वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

महाकाली पुल निर्माण विवाद : पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

महेन्द्रनगर – कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल

आईपीएल : हैदराबादविरुद्ध चेन्नईको मध्यम सुरुवात

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा

स्थानीय उत्पादनको बजारीकरण गर्दै बडिगाड

बागलुङ – बागलुङको बडिगाड गाउँपालिकालाई स्थानीय उत्पादनको हवका रूपमा विकास