संसद् विघटनमा दलका शीर्ष नेताहरू जिम्मेवार : नेता शर्मा « Khabarhub

संसद् विघटनमा दलका शीर्ष नेताहरू जिम्मेवार : नेता शर्मा


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माओवादी केन्द्रका नेता जनार्दन शर्माले संसद् विघटन हुन लागेकाे भन्दै त्यसका लागि दलका प्रमुख नेताहरू नै जिम्मेवार रहेको टिप्पणी गरेका छन्।

शर्माले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै संसद् विघटन सामान्य घटना नभई ऐतिहासिक त्रुटि भएको बताए। पार्टीलाई व्यक्तिगत स्वार्थ र पेवाको रूपमा मात्र हेर्ने नेताहरूका लागि यो ठूलो विषय नलागे पनि, इतिहासले यसको कठोर मूल्यांकन गर्ने उनले उल्लेख गरेका छन् ।

“संसद् विघटन हुनुमा दलका प्रमुख नेताहरू जिम्मेवार छन्,” उनले लेखेका छन्, “पार्टीलाई व्यक्तिगत पेवा सम्झनेहरूको लागि यो ठूलो विषय नहुन सक्छ, तर इतिहासले यसको मूल्यांकन गर्नेछ।”

शर्माले दलहरूको आन्तरिक स्वार्थ र नेताहरूको व्यक्तिगत अहंकारकै कारण मुलुक राजनीतिक अस्थिरतामा फसेको पनि संकेत गरेका छन्।

यसअघि संसद् विघटनसँगै देश फेरि राजनीतिक संक्रमणतर्फ धकेलिएको भन्दै विभिन्न दलका नेताहरूले आपत्ति जनाएका थिए।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  १० : ०४ बजे

होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं – काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका