प्रतिनिधि सभा विघटनप्रति असहमत छौँ : माओवादी केन्द्र « Khabarhub

प्रतिनिधि सभा विघटनप्रति असहमत छौँ : माओवादी केन्द्र


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


924
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभा विघटनप्रति ‘गम्भीर असहमति’ रहेको जनाएको छ ।

उक्त पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले शुक्रबार बेलुकी प्रेस विज्ञप्ति जारी गरी वर्तमान संसद्‌ विघटन गर्ने निर्णय मुलुको संवैधानिक व्यवस्थाविपरीत रहेको उल्लेख गरेका हुन्‌ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको पदाधिकारीको आकस्मिक बैठकले ‘वर्तमान परिस्थितिको विश्लेषण गर्दै मुलुकको सवैधानिक व्यवस्था विपरीत जसरी वर्तमान संसदलाई विघटन गर्ने निर्णय गरिएको छ, उक्त निर्णयप्रति हाम्रो पार्टीको गम्भीर रुपमा असहमति रहेको निर्णय गरेको’ सापकोटाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

जेन-जी प्रदर्शनपछि निम्तिएको राजनीतिक र संवैधानिक सङ्कट टार्न राष्ट्रपति रामचन्द्र पौडेलले आजै अन्तरिम सरकार गठन गरेका छन्‌ । संसद्‌ विघटन गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई शपथसमेत खुवाइसकेका छन्‌ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  १० : ०८ बजे

अहिले त हामीलाई जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ : केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा पछिल्लो समयमा

अभिनेता धनुष र मृणाल ठाकुरको विवाह भ्यालेन्टाइन्स डेमा !

काठमाडौं– बलिउड अभिनेता धनुष र अभिनेत्री मृणाल ठाकुर लामो समयदेखि

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद