स्थानीयवासीद्वारा भानुभक्तको प्रतिमास्थल संरक्षण « Khabarhub

स्थानीयवासीद्वारा भानुभक्तको प्रतिमास्थल संरक्षण


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घास्थित आदिकवि भानुभक्त आचार्यको प्रतिमास्थललाई  स्थानीयवासी संरक्षण गरेका छन् । स्थानीयवासीले प्रतिमास्थलका कम्पाउण्ड मर्मत गरेका हुन् । भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घास्थित प्रतिमास्थलको कम्पाउण्ड जीर्ण भएपछि स्थानीयवासीले उक्त कम्पाउण्ड मर्मत गरेका हुन् ।

२०३६ सालमा तत्कालीन राजाले उक्त ठाउँमा भानुभक्त आचार्यको अर्धकदको प्रतिमा निर्माण गरेको स्थानीय युवा सन्देश आचार्यले जानकारी दिए । राज्यस्तरबाटै चरम उपेक्षामा परेको यस ठाउँ झाडी भएपछि स्थानीयवासीले सरसफाइ गर्दै जीर्ण कम्पाउण्डको मर्मत गरेको आचार्यले बताए ।

उनले भने, ‘हाम्रो पहिचानको श्रेय राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यलाई जान्छ । हामीले चुँदीरम्घाली भनेर गर्व गर्न सक्ने आँट र साहस भानुभक्त आचार्य हुन् । तर भानुभक्त आचार्यको महत्व सरकारले बुझ्न सकिरहेको छैन ।’

स्थानीय आमाबुबा, युवायुवती भेला भएर सरसफाइ र कम्पाउण्ड मर्मत गरिएको आचार्यले उल्लेख गरे । भानुभक्त आचार्यको नाममा आदिकवि भानुभक्त जन्मस्थल विकास समिति गठन गरिए पनि उक्त समितिले चासो नदिँदा यस ठाउँको दयनीय अवस्था भएको आचार्यको गुनासो छ । उनले भने, ‘सम्बन्धित निकायले गरेन भनेर हामी टुलुटुलु हेरेर बस्ने अवस्था छैन, स्थानीयवासी जाग्नैपर्छ ।’

भानुभक्त जन्मस्थल विकास समिति यसअघि सङ्घीय सरकार मातहत रहे पनि केही समय अगाडि उक्त समिति स्थानीय तहमा गाभिएको छ । उक्त समितिले भानुभक्त आचार्यको जन्मथलोको विकास र प्रचारप्रसारमा जति काम गर्नुपर्थ्यो त्यति हुन नसकेको आचार्यको दुःखेसो छ । भानु नगरपालिका–४ चुँदीरम्घामा १८७१ साल असार २९ गते जन्मिएका आचार्यको १९२५ साल असोज ६ गते निधन भएको थियो । (रासस)

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ८ : ५० बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही