प्रचण्डको सचिवालयको चुनौती- निवासबाट ट्रकमा दुई करोड रुपैयाँ लगेको पुष्टि गर्नू « Khabarhub

प्रचण्डको सचिवालयको चुनौती- निवासबाट ट्रकमा दुई करोड रुपैयाँ लगेको पुष्टि गर्नू


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र) ले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका परिवारका सदस्यहरूलाई लक्षित गरी केही सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा गरिएको प्रचारको कडा विरोध गरेको छ।

संयोजक प्रचण्डको सचिवालयका तर्फबाट गोविन्द आचार्यले जारी गरेको विज्ञप्तिमा पछिल्ला दिनमा विभिन्न माध्यममार्फत् चरित्रहत्या र भ्रम फैलाउने प्रयास भएको भन्दै गम्भीर ध्यानाकर्षण गरिएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘संकटको संवेदनशील घडीमा पार्टी नेतृत्वविरुद्ध नियोजित ढङ्गले गरिएको तथ्यहीन र चरित्रहत्या गर्ने सामग्रीप्रति हामी खेद प्रकट गर्दै कडा शब्दमा भर्त्सना गर्दछौं।’

सचिवालयले संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग गर्दै गालीगलौज र मानहानी गर्ने सामग्री प्रकाशित हुनु पत्रकार आचारसंहिता र कानूनी मापदण्डको उल्लङ्घन भएको जनाएको छ।

त्यसमा भनिएको छ, ‘पछिल्ला केही सामग्रीहरूमा सूचनाको सत्यता, स्रोतको विश्वसनीयता र सम्बन्धित पक्षको दृष्टिकोण सुनिश्चित नगरी पूर्वाग्रही र प्रायोजित ढङ्गले असत्य विवरणहरू प्रस्तुत गरिएको स्पष्ट देखिन्छ, जुन गम्भीर र आपत्तिजनक छ।’

सचिवालयले प्रचण्डको निवासबाट जेन–जी आन्दोलनपूर्व दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको र छोरी गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको जस्ता दाबीको सत्यता प्रमाणित गर्न चुनौती दिएको छ।

त्यस्तै, डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचार साइबर कानुनविपरीत भएको भन्दै आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायहरूमा अनुरोध गरिएको छ।

सचिवालयले भविष्यमा यस्ता तथ्यहीन र दुरासयपूर्ण सामग्रीहरू प्रकाशित वा प्रसारित भएमा त्यसको सम्पूर्ण जिम्मेवारी प्रकाशक र प्रसारक पक्षले नै वहन गर्नुपर्ने चेतावनी दिएको छ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ११ : २२ बजे

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको