हरेक काम जनतासँग जोडिएर गर्न मुख्यमन्त्री कँडेलको आग्रह « Khabarhub

हरेक काम जनतासँग जोडिएर गर्न मुख्यमन्त्री कँडेलको आग्रह


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कर्णाली- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले हरेक काम जनतासँग जोडिएर गर्नुपर्ने बताएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा आइतबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) नगर कमिटी र निर्वाचित जनप्रतिनिधिसँगको छलफल कार्यक्रममा उनले आफूलाई राम्रो लाग्ने काम नभई जनताको जीवनमा सकारात्मक प्रभाव पार्ने काममा ध्यान केन्द्रित गर्न आग्रह गरे । 

उनले भने, ‘जनताले समर्थन गर्ने काम गर्नुस्, जनताको भावना, सुझाव र अपेक्षालाई प्राथमिकता दिएर अघि बढ्दा मात्र राजनीतिक दल र जनप्रतिनिधिको विश्वसनीयता बलियो हुँदै जान्छ ।’

मुख्यमन्त्री कँडेलले सुरक्षित र स्थिर समाज निर्माण गर्न जनतासँगको सम्बन्ध सुमधुर र विश्वासिलो हुन आवश्यक रहेको उल्लेख गरे । जिम्मेवारीमा रहेका जनप्रतिनिधिलाई उनले वडास्तरमै सहकार्य बढाउन, असामान्य परिस्थिति अन्त्य गर्न र सर्वदलीय बैठकमार्फत साझा समस्या समाधान गर्न निर्देशन दिए । 

छलफलमा मुख्यमन्त्री कँडेलले जनप्रतिनिधिलाई आफ्ना कामको नियमित समीक्षा गर्न, गल्ती सुधार गर्न र सही अभ्यासलाई संस्थागत बनाउन आग्रह गरेका थिए । रासस

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  १२ : २७ बजे

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी