ओली हट्न तयार नभएपछि एमालेले महाधिवेशन मिति तोक्न सक्ने « Khabarhub

ओली हट्न तयार नभएपछि एमालेले महाधिवेशन मिति तोक्न सक्ने


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


906
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरको गुन्डूमा बसिरहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ५८औँ सचिवालय बैठकले पार्टीको ११ औँ महाधिवेशन तोक्न सक्ने सम्भावना छ।

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि पद छाड्न दबाब बढेपनि टसमस नभएका अध्यक्ष ओलीले बरू पार्टीलाई महाधिवेशनमा लैजाने तयारी गरेका हुन् ।

उनको त्यही रणनीतिअनुसार एमालेले ११ औँ महाधिवेशनको मिति तोक्ने तयारी गरेको छ। अध्यक्ष ओलीको अध्यक्षतामा भक्तपुरको गुन्डूस्थित निवासमा बसिरहेको बैठकमा महाधिवेशन छिट्टै गर्नेबारे गत शुक्रबार पनि छलफल भएको थियो ।

तर शनिबार ओली बिरामी परेपछि बैठक आइतबार फेरि बसेको हो । ओलीलाई हटाउने पक्षमा बहुमत सचिवालय सदस्य जुटे पनि अब विधिवत रुपमा उनलाई महाधिवेशनबाटै चुनौती दिनुपर्ने अवस्था आएको छ ।

पार्टीको महाधिवेशनको माध्यमबाट अहिले उठेका सबै प्रश्नको जवाफ खोज्नु पर्ने र महाधिवेशनको माध्यमबाट नयाँ ढङ्गले अगाडि बढाएर जाने बैठकले निष्कर्षतिर ओलीले लगेका हुन् ।

भदौ २३ गते जेनजी युवाहरूले राखेका आवाजलाई स्वाभाविक भनेको एमालेले २४ गते अस्वभाविक हिंसा र आगजनी हुँदा देशले ठूलो क्षति भोगेको जनाएको छ । जेन-जीकै आन्दोलनको बलमा सत्ताच्यूत भएका ओली हट्न नमानेपछि अब महाधिवेशनको विकल्प खोजिएको हो ।

शनिबार बस्ने भनिएको सचिवालय बैठक ‌ओलीले बिरामी परेको भन्दै रोकिएको थियो । शनिबार दिनभर ओलीले सचिवालयमा बहुमत पुर्‍याउने कसरत गरेपछि आइतबार बसेको हो ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  १२ : ५३ बजे

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको