ओली हट्न तयार नभएपछि एमालेले महाधिवेशन मिति तोक्न सक्ने « Khabarhub

ओली हट्न तयार नभएपछि एमालेले महाधिवेशन मिति तोक्न सक्ने


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


906
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरको गुन्डूमा बसिरहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ५८औँ सचिवालय बैठकले पार्टीको ११ औँ महाधिवेशन तोक्न सक्ने सम्भावना छ।

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि पद छाड्न दबाब बढेपनि टसमस नभएका अध्यक्ष ओलीले बरू पार्टीलाई महाधिवेशनमा लैजाने तयारी गरेका हुन् ।

उनको त्यही रणनीतिअनुसार एमालेले ११ औँ महाधिवेशनको मिति तोक्ने तयारी गरेको छ। अध्यक्ष ओलीको अध्यक्षतामा भक्तपुरको गुन्डूस्थित निवासमा बसिरहेको बैठकमा महाधिवेशन छिट्टै गर्नेबारे गत शुक्रबार पनि छलफल भएको थियो ।

तर शनिबार ओली बिरामी परेपछि बैठक आइतबार फेरि बसेको हो । ओलीलाई हटाउने पक्षमा बहुमत सचिवालय सदस्य जुटे पनि अब विधिवत रुपमा उनलाई महाधिवेशनबाटै चुनौती दिनुपर्ने अवस्था आएको छ ।

पार्टीको महाधिवेशनको माध्यमबाट अहिले उठेका सबै प्रश्नको जवाफ खोज्नु पर्ने र महाधिवेशनको माध्यमबाट नयाँ ढङ्गले अगाडि बढाएर जाने बैठकले निष्कर्षतिर ओलीले लगेका हुन् ।

भदौ २३ गते जेनजी युवाहरूले राखेका आवाजलाई स्वाभाविक भनेको एमालेले २४ गते अस्वभाविक हिंसा र आगजनी हुँदा देशले ठूलो क्षति भोगेको जनाएको छ । जेन-जीकै आन्दोलनको बलमा सत्ताच्यूत भएका ओली हट्न नमानेपछि अब महाधिवेशनको विकल्प खोजिएको हो ।

शनिबार बस्ने भनिएको सचिवालय बैठक ‌ओलीले बिरामी परेको भन्दै रोकिएको थियो । शनिबार दिनभर ओलीले सचिवालयमा बहुमत पुर्‍याउने कसरत गरेपछि आइतबार बसेको हो ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  १२ : ५३ बजे

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी