उपचारपछि शीतल निवास फर्किए राष्ट्रपति पौडेल « Khabarhub

उपचारपछि शीतल निवास फर्किए राष्ट्रपति पौडेल


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य भएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्जमा उपचारार्थ भर्ना भएका राष्ट्रपति पौडेललाई स्वास्थ्य परीक्षण र उपचारपछि डिस्चार्ज गरिएको छ।

सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्न मणि गजुरेलद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य भएको र अब नियमित स्वास्थ्य निगरानी जारी रहने उल्लेख छ।

राष्ट्रपति पौडेललाई आइतबार दिउँसो स्वास्थ्यमा असजिलो महसुस भएपछि अस्पताल भर्ना गरिएको थियो।

आवश्यक परीक्षणपछि चिकित्सकहरूले उनको स्वास्थ्यमा सुधार आएको जनाएका छन्।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  १ : २६ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा