नर्वेले गोल बर्साउँदा स्टेडियममा लाग्यो नारा ‘रेड कार्ड टु इजरायल’ « Khabarhub

नर्वेले गोल बर्साउँदा स्टेडियममा लाग्यो नारा ‘रेड कार्ड टु इजरायल’


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

नर्वे- शनिबार नर्वे र इजरायलबीचको विश्वकप छनोट खेलअघि अस्लोमा सयौं मानिसहरूले प्यालेस्टाइनीको न समर्थनमा प्रदर्शन गरेका छन् ।

ओस्लोमा खेल सुरु भएपछि पनि दर्जनौँ समर्थकहरू स्टेडियमबाहिर विरोधमा उत्रिए । उक्त खेलमा नर्वेले एकपक्षीय ५–० गोलले जित्यो ।

उता स्ट्यान्डमा रहेका प्रदर्शनकारीहरूले केही समयका लागि ठूलो प्यालेस्टाइनी झण्डा र ‘लेट द चिल्ड्रेन’, ‘रेड कार्ड टु इजरायल’ तथा ‘एक्सक्लुड इजरायल फ्राम इन्टरनेशनल फुटबल’ लेखिएका विशाल ब्यानर देखाए । उलेभोल स्टेडियमभित्र दर्जनौं इजरायली समर्थकहरूले आफ्नो देशको झण्डा र ‘लेट द बल टक!’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए।

केही दर्शकहरूले इजरायली राष्ट्रिय गान बज्दा हुटिङ गरेका थिए, जबकि अन्यले रातो कार्ड देखाएर विरोध जनाए। पहिलो हाफका क्रममा ‘फ्री गाजा’ लेखिएको टी–सर्ट लगाएका एक व्यक्ति मैदानमा दौडिएर प्रवेश गरे।उक्त खेलका क्रममा नर्वेका एर्लिङ हालान्डले ह्याट्रिक गर्दै नर्वेका लागि ५० अन्तर्राष्ट्रिय गोल पार गरेका छन् । जसले उनलाई इतिहासमै यो उपलब्धि हासिल गर्ने सबैभन्दा छिटो खेलाडी बनाएको छ।

शनिबार राति भएको खेलमा नर्वेले इजरायललाई ५–० ले हराउँदै सन् १९९८ पछि पहिलोपटक विश्वकप फाइनलमा पुग्ने लक्ष्यमा ठूलो कदम चालेको छ।

खेलअघि अस्लोमा सयौं प्रदर्शनकारीले ‘फ्री प्यालेस्टाइन’ नारासहित फिलिस्तीन समर्थनमा विरोध प्रदर्शन गरेका थिए। उनीहरूले गाजामा इजरायलले गरेको ‘नरसंहार’विरुद्ध आवाज उठाएका थिए।

यो जितसँगै नर्वे समूह ‘आई’ मा १८ अंकका साथ शीर्ष स्थानमा पुगेको छ। दोस्रो स्थानमा रहेको इटाली नर्भेलाई भन्दा छ अंकले पछाडि छ। इटालीले टालिनमा एस्टोनियालाई ३–१ ले हराएर आफ्नो छनोट अभियानलाई जीवित राखेको छ।

अस्लोमा भएको सहज जितपछि नर्वे आगामी वर्ष संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकप फाइनलमा स्थान बनाउन बलियो स्थितिमा पुगेको छ।

दुई खेल बाँकी हुँदा इजरायलको स्थिति भने कमजोर बनेको छ। अब उनीहरूले मंगलबार उदिनेमा इटालीविरुद्ध जित्नै पर्नेछ, यदि विश्वकपमा पुग्ने सम्भावना कायम राख्न चाहन्छन् भने।

हालान्डले ४६ खेलमै ५१ गोल गर्दै नर्वेका लागि सबैभन्दा छिटो ५० गोल पुर्‍याउने खेलाडी बनेका छन्।

खेलको सुरुवातमै उनले पाएको पेनाल्टी इजरायली गोलकिपर ड्यानियल पेरेट्जले रोकेका थिए। क्षेत्रभित्रको उल्लङ्घनका कारण रेफ्रीले पेनाल्टी पुनः लिन आदेश दिए पनि पेरेट्जले हालान्डको दोस्रो प्रयास पनि बचाएका थिए।

तर त्यसपछि हालान्डले उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल गरे र नर्वेलाई ठूला अन्तरले जित दिलाए।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  २ : ०९ बजे

राजनीतिमा पुस्ता : उमेरको होइन, चरित्रको बहस गरौँ

नेपालको राजनीतिमा अहिले एउटा लोकप्रिय, तर सरलीकृत कथन बारम्बार दोहोरिन्छ–

भ्रष्टाचारको छानबिनमाथि कांग्रेस, नेकपा र रास्वपाको एकमत, एमाले भने मौन

काठमाडौं– मुलुकमा भएको भ्रष्टाचारको छानबिन गर्ने विषयमा नेपाली कांग्रेस, नेपाली

मीनबहादुर गुरुङको प्रश्न : कसैलाई सहयोग गर्‍यो, दान गर्‍यो भन्दैमा जलाउने ?

काठमाडौं- भाटभटेनी सुपरमार्केटका सञ्चालक एवम् व्यवसायी मीनबहादुर गुरुङले जेन-जीका नाममा

दुर्गा प्रसाईंको रिहाइ माग्दै राजावादीको प्रदर्शन

काठमाडौं– वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै काठमाडौंमा

एन्फा राष्ट्रिय लिगमा एपीएफको सहज जित

काठमाडौं– एन्फा राष्ट्रिय लिगमा सशस्त्र प्रहरीको एपीएफ क्लवले नव जनजागृति