जनकपुरधाममा मधेस अस्पतालको शुभारम्भ « Khabarhub

जनकपुरधाममा मधेस अस्पतालको शुभारम्भ


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित वडा नं १३ मा जनकपुर मधेस अस्पताल आजदेखि सञ्चालनमा आएको छ । 

स्वास्थ्योपचारसम्बन्धी अत्याधुनिक सुविधा र दक्ष एवं अनुभवी चिकित्सक तथा गुणस्तरीय स्वास्थ्योपचार र आधुनिक ल्याबको व्यवस्था रहेको सो अस्पतालको रामानन्दीय श्री वैष्णव सङ्घका अध्यक्ष रामरोशन वैष्णवले शुभारम्भ गरेका हुन् । 

सो अवरसमा उनले पर्यटकीय एवं धार्मिकस्थल जनकपुरधाममा यस अस्पतालले स्वास्थ्योपचारका क्षेत्रमा गुणस्तरीय सेवा दिएर उदाहरणीय बन्नुपर्ने विचार व्यक्त गरे । 

अस्पतालमा २४सै घण्टा आकस्मिक सेवा, दैनिक ओपिडी सेवा, स्त्री तथा प्रसूति रोग उपचार, जनरल सर्जरी तथा ल्याप्रस्कोपी, सर्जरी, बालरोग, जनरल फिजिसियन सेवाका साथै दन्त उपचार, आँखा उपचार, छाला, नाक, कान, घाँटी, हाडजोर्नी तथा नसाको उपचार र मानसिक रोग उपचारलगायत सेवा उपलब्ध रहेको अस्पतालका सञ्चालक चेतनारायण यादवले जानकारी दिए । 

साथै, अस्पतालमा अत्याधुनिक प्याथोलोजी, भिडियो एक्स–रे सेवा र २४सै घण्टा एम्बुलेन्स सुविधा उपलब्ध रहेको उनले बताए ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  २ : ४७ बजे

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका