नेपाली सेनालाई बेलायतमा भएको ‘क्याम्ब्रियन पेट्रोल २०२५’ मा स्वर्ण पदक | Khabarhub Khabarhub

नेपाली सेनालाई बेलायतमा भएको ‘क्याम्ब्रियन पेट्रोल २०२५’ मा स्वर्ण पदक


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘एक्ससाइज क्यामब्रियान पट्रोल २०२५’ मा स्वर्ण पदक जित्न सफल भएको छ।

वेल्सको ब्रेकनमा असोज २३ देखि २५ गतेसम्म चलेको प्रतियोगितामा नेपाली सेनाको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक हासिल गरेको हो।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रतियोगितामा संयुक्त अधिराज्य बेलायतसहित ३३ राष्ट्रका ११७ टोलीले सहभागिता जनाएका थिए।

सन् १९६० देखि प्रत्येक वर्ष आयोजना हुँदै आएको यो अभ्यासमा नेपाली सेना सन् २०१४ देखि सहभागी हुँदै आएको छ।

अभ्यासमा सहभागी टोलीले करिब ७० पौण्ड तौल बराबरको उपकरणसहित ६० किलोमिटर दूरी दुई दिनभित्र पार गर्नुपर्ने हुन्छ।

त्यस क्रममा हतियार सञ्चालन, सूचना संकलन, घाइते र बिरामीको व्यवस्थापनलगायत विविध सैनिक सीपहरूको परीक्षण गरिन्छ।

यसअघि पनि नेपाली सेनाले सो प्रतियोगितामा सन् २०१७, २०१९ र २०२४ मा स्वर्ण पदक जितिसकेको थियो।

यो उपलब्धिले अन्तर्राष्ट्रिय स्तरमा नेपाली सेनाको दक्षता र क्षमताको पुनः पुष्टि गरेको नेपाली सेनाले जनाएको छ।


 

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ४ : ४१ बजे

पक्राउ परे टीओबीको ज्याकेटमा देखिएका तेन्जिङ, पेस्तोल बोकेको भिडियो भएको थियो भाइरल

काठमाडौँ-  टिबेटियन ओरिजिनल ब्लड (तिब्बती मूलको रगत) लेखिएको ज्याकेट ज्याकेट

वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीर अस्पतालका लेखा अधिकृत

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि एमाले अदालत जाने

काठमाडौं – नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि अदालत जाने तयारी

मंसिर अन्तिम साता ११औं महाधिवेशन गर्ने एमालेको निर्णय

काठमाडौं – नेकपा एमालेले मंसिर अन्तिम साता पार्टीको ११औं महाधिवेशन

जेन–जी आन्दोलनमा भागेकामध्ये ५५ सय कैदी अझै बाहिरै (सूचीसहित)

काठमाडौं – कारागार व्यवस्थापन विभागले जेनजी आन्दोलनको क्रममा फरार भएका