फोन गरेर बोलाउँदा नगएका महरालाई लिन घरमै पुगेको थियो सीआईबी « Khabarhub

फोन गरेर बोलाउँदा नगएका महरालाई लिन घरमै पुगेको थियो सीआईबी


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीन वर्ष पुरानो भेपमा लुकाएर गरिएको ९ किलो सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेको छ ।

सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले महरालाई उक्त मुद्दाको फाइल अदालतमा लैजानै प्रयोजनका लागि पक्राउ गरिएको बताए।

महरालाई सुरूमा सीआईबीको टोलीले कार्यालयमा हाजिर भइदिन भन्दै फोन गरेको थियो । तर महरा नगएपछि सीआईबीको टोली उनलाई लिन निवासमै पुगेको थियो ।

‘सुरूमा उपस्थित हुनु भन्दै फोन आएको थियो । तपाईं हाजिर भइदिनुपर्‍यो भन्दै फोन आयो’, उनको परिवारका एक सदस्यले भने, ‘त्यसलगत्तै सीआईबीको टोली घरमै आएर उहाँलाई लिएर गएको छ । अहिले उहाँ सीआईबीको हिरासतमा हुनुहुन्छ ।’

भन्सार ऐन, २०६४ र संगठित अपराधमा संलग्न रहेको आरोपमा पूर्वसभामुख ६८ वर्षीय महरालाई ललितपुरको खुमलटारस्थित निवासबाट पक्राउ गरिएको हो ।

२०७९ पुस १० गते फ्लाई दुबईको उडान एफजेड०५८७ मार्फत नेपाल आएका चिनियाँ नागरिक ली हाङसोङ (राहदानी नं. ईजे ६३५००३०) ले दुईवटा सुटकेसमा लुकाई ल्याएका ७३० थान इलेक्ट्रोनिक सिगरेट (भेप्स) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जफत गरेको प्रकरणमा महरा समातिएका हुन् ।

ती वस्तुहरू भन्सार कार्यालयको गोदाममा राखिएको अवस्थामा त्यहाँका नायव सुब्बा रेवन्त खड्का समेतले संगठित अपराध समूह बनाई भेप्सभित्रको सुन बिक्री गरी आपराधिक लाभ लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको थियो ।

उक्त सुनको मूल्य करिब ८ करोड ५५ लाख २८ हजार ३७४ बराबर रहेको बताइएको छ।

नेपाल प्रहरीका अनुसार उक्त प्रकरणमा संलग्न देखिएका महरालाई अहिले हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले बताए ।

यो घटनाको अनुसन्धान सीआईबीले भन्सार विभाग र सम्बन्धित निकायसँगको सहकार्यमा अघि बढाइरहेको जनाएको छ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ५ : ३३ बजे

भारतीय बलरविरुद्ध चलेन पाकिस्तानी ब्याटिङ, ६१ रनले पराजित

काठमाडौँ – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

भारतविरुद्ध पाकिस्तानको संघर्ष, गुमायो ७ विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

चलेन बाबर आजमको ब्याटिङ, ५ रनमा आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या

काठमाडौँ- सर्लाहीको मंगलवामा गोली हानी हत्या गरिएको छ । आइतबार

पाकिस्तानले पहिलो ओभरमै गुमायो विकेट, साहिबजादा फरहान शुन्य रनमै आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको