देश बचाउन जनता जाग्नुपर्छः अध्यक्ष केसी « Khabarhub

देश बचाउन जनता जाग्नुपर्छः अध्यक्ष केसी


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

चितवन- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देश बचाउनका लागि जनता जाग्ने समय आएको बताएका छन् । अखिल नेपाल जनजाति सम्मेलनको पाँचौँ महाधिवेशनको आज उद्घाटन गर्दै अध्यक्ष केसीले देशमा विदेशी चलखेल बढेको भन्दै जनता जाग्ने समय आएको बताए ।

अहिलेको अवस्थामा नेपालको रक्षाका लागि नेपाली जनता एक हुन आवश्यक रहेको उनको भनाइ थियो । “नेताहरु स्वच्छ र इमान्दार नभएका कारण यो समस्या आएको हो”, अध्यक्ष केसीले भने, “नेताहरुमा जनताको चिन्ताभन्दा अघिपछि हिँड्नेको चिन्ता हुँदा अहिले जेनजीले आन्दोलन गरेको हो ।”

राजनीतिक कार्यक्रममा पहिलोपटक मोहन विक्रम नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंह राजनीतिक नेतृत्वमा आएपछि पहिलोपटक राजनीतिक कार्यक्रमलाई सम्बोधन गरेका छन् । अखिल नेपाल जनजाति सम्मेलनको पाँचौँ महाधिवेशनलाई उनले आज नारायणगढमा सम्बोधन गरेका हुन् ।

सम्बोधन गर्दै महामन्त्री सिंहले जेनजी आन्दोलनको फाइदा स्वार्थरत राजनीतिक दलहरुले लिएको बताए । जेनजी आन्दोलन भ्रष्टाचारको विरुद्ध भए पनि उग्र हुनु भनेको स्वार्थका लागि खेल खेलिएको आफूले महसुस गरेको उनले बताए ।

कार्यक्रममा अखिल नेपाल किसान महासङ्घका अध्यक्ष भैरव रेग्मी, अखिल नेपाल युवक सङ्घका अध्यक्ष गणेश अधिकारी, अखिल नेपाल ट्रेड युनियन महासङ्घका महासचिव शालिकराम सापकोटालगायतले वर्तमान राजनीतिक परिवेशमा पार्टी र जनवर्गीय सङ्गठनले खेल्नुपर्ने भूमिकाबारे आ–आफ्नो धारणा राखेका थिए ।

महाधिवेशन सोमबारसम्म चल्ने छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ७ : १९ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा