जाँचबुझ आयोगले माग्यो- राजनीतिक दल, संघसंस्था र व्यक्तिगत सम्पत्ति क्षतिको विवरण « Khabarhub

जाँचबुझ आयोगले माग्यो- राजनीतिक दल, संघसंस्था र व्यक्तिगत सम्पत्ति क्षतिको विवरण


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भदौ २३ र २४ गते देशका विभिन्न भागमा भएका प्रदर्शनका क्रममा भएको भौतिक र मानवीय क्षतिको विवरण संकलन गर्न गठन गरिएको जाँचबुझ आयोग, २०८२ ले सम्बन्धित पक्षहरूलाई क्षतिको विस्तृत विवरण पठाउन आग्रह गरेको छ।

यस प्रकरणमा गत असोज ९ गतेदेखि नै आयोगले अनुसन्धान गरिरहेको छ । आयोगका प्रवक्ता विज्ञानराज शर्माले क्षतिको विवरण र क्षतिको अनुमानित लागत बुझाउन आग्रह गरेका छन् । क्षति भएको सम्पत्तिको बिमा भएको वा नभएको पनि खुलाउन भनिएको छ ।

विज्ञप्तिमा जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ बमोजिम गठन भएको आयोगले असोज ९ गतेदेखि औपचारिक रूपमा काम सुरू गरेको भनिएको छ ।

आयोगले प्रदर्शनका क्रममा राजनीतिक दल, संघसंस्था, निजी वा सार्वजनिक सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण [email protected] इमेलमार्फत पठाउन अनुरोध गरेको छ।

क्षतिको विवरण पठाउँदा संघसंस्था वा व्यक्तिको नाम, ठेगाना, क्षतिको प्रकार, अनुमानित लागत, बीमा भएको वा नभएको र अन्य कैफियत उल्लेख गर्नुपर्ने आयोगले जनाएको छ। साथै, घटनालाई प्रमाणित गर्न सक्ने श्रव्यदृश्य, तस्बिर वा कागजात पनि संलग्न गर्न आग्रह गरिएको छ।

आयोगले भदौ २३ र २४ का प्रदर्शनका क्रममा काठमाडौँसहित देशका विभिन्न स्थानमा भएको मानवीय क्षति र सम्पत्ति विनाशको यथार्थ तथ्य उजागर गर्न व्यापक प्रमाण संकलन अभियान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ८ : ०९ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा