जेन-जीले ‘मन्त्रीमण्डल’मा भागबन्डा गरेको सहमति भाइरल, मिराज भन्छन्- त्यो फेक हो « Khabarhub

जेन-जीले ‘मन्त्रीमण्डल’मा भागबन्डा गरेको सहमति भाइरल, मिराज भन्छन्- त्यो फेक हो


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


654
Shares
  • change font
  • change font
  • change font

काठमाडौं — जेन-जीहरूले आइतबार काठमाडौंको नक्सालमा एक बैठक गरेर मन्त्रिमण्डलमा भागबन्डा गरेको सहमति पत्र भाइरल भइरहेको छ ।

मिराज ढुंगाना र रक्षा बमसहितको हस्ताक्षर रहेको उक्त सहमति पत्रले अहिले जेन-जीहरू तनावमा छन् । पत्रलाई लिएर फोन आइरहेपछि मिराजले त्यसको खण्डन गरे ।

‘त्यो सहमतिपत्र फेक हो’, ढुङ्गानाले खबरहबलाई भने, ‘मेरो सिग्नेचर यस्तो छैन। यस्तो कसले गर्यो ? त्यो व्यक्तिबारे हामीलाई भन्दिनुहोस्, कारबाही अगाडि बढाउँछौँ ।’

उनले आफूले सहमतिका नाममा कहीँ हस्ताक्षर नगरेको बताए । ‘मैले काहीँ सिग्नेचर गरेको छैन, त्यो सहमतिपत्रमा भएको मेरो सिग्नेचर पनि होइन।’

नक्सालमा बसेको जेन-जीको ‘मन्त्री मण्डल’ नामक समितिको बैठकले विभिन्न सदस्यहरूलाई क्षेत्रगत जिम्मेवारी तोक्ने निर्णय गरेको पत्र अहिले भाइरल भएको हो ।

बैठकको अध्यक्षता समितिका अध्यक्ष प्रकाश बोहोरा र सह-अध्यक्ष अभिषेक श्रेष्ठले संयुक्त रूपमा गरेका पत्रमा उल्लेख छ ।

बैठकमा उपस्थित सदस्यहरूमा अभिषेक श्रेष्ठ, उत्कर्ष श्रेष्ठ, प्रशान्त आचार्य, प्रकाश बोहोरा, दिवाकर दंगाल, रक्षा बम, युजनराज भण्डारी, मिराज ढुंगाना र प्रवेश दाहाल रहेको पत्रमा देखिएको छ ।

बैठकले समितिमा प्राप्त बायोडाटा र क्षेत्रगत सिफारिसका आधारमा जिम्मेवारी तोकेको पनि उल्लेख छ ।

  • दिवाकर दंगाल – महिला तथा बालबालिका मन्त्रालय
  • रक्षा बम – महिला तथा बालबालिका राज्यमन्त्री
  • पुरुषोत्तम यादव – पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री
  • ओजस्वी राज थापा – वन तथा वातावरण राज्यमन्त्री
  • जस्मिन ओझा – सहरी विकास राज्यमन्त्री
  • प्रवेश दाहाल – श्रम तथा रोजगार राज्यमन्त्री
  • सीपी श्रेष्ठ – पर्यटन तथा उड्डयन मन्त्री
  • मिराज ढुंगाना – गृह मन्त्री

बैठकले अध्यक्ष अभिषेक श्रेष्ठद्वारा प्रस्तुत प्रस्ताव नं. १ र ख सम्बन्धी छलफलमा सर्वसम्मत निर्णय गर्दै माथि उल्लेखित सिफारिसहरू अनुमोदन गरेको उल्लेख छ ।

बैठकको अन्त्यमा प्रस्ताव नं. २ माथि छलफल गरी हाललाई सम्पूर्ण कार्यक्रमको समापन गरिएको घोषणा समितिका अध्यक्ष श्रेष्ठले गरेका दाबी गरिएको छ । तर बैठकमा उपस्थित भएर हस्ताक्षर गरेको भनिएका मिराजले नै यो पत्रलाई फेक भनिसकेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ८ : ३३ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील