राजेन्द्र लिङ्देनले भन्छन्ः देश भूराजनीतिको गम्भीर चक्रव्यूहमा फस्दै छ « Khabarhub

राजेन्द्र लिङ्देनले भन्छन्ः देश भूराजनीतिको गम्भीर चक्रव्यूहमा फस्दै छ


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको राजनीतिक अवस्थाप्रति गम्भीर असन्तुष्टि प्रकट गरेका छन्।

फेसबुकमार्फत अभिव्यक्ति दिँदै लिङ्देनले देश भूराजनीतिको गम्भीर चक्रव्यूहमा फस्दै गएको र संकट दिनप्रतिदिन गहिरिँदै गएको बेला पनि नेताहरू आफ्ना साना स्वार्थ र व्यक्तिगत हितमा रमाइरहेको टिप्पणी गरेका छन्।

उनले लेखेका छन्, “काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर। देश भूराजनीतिको गम्भीर चक्रव्यूहमा फस्दै गरेको, संकट गहिरिँदै गएको बेला पार्टी चलाउँछु, परिआए देश चलाउँछु भनेर धक्कु लाएर उमेर बिताएका मानिसहरू ‘पेटी इन्ट्रेस्ट’ मा दौडेको देख्दा दया लागेर आउँछ।”

लिङ्देनको यो टिप्पणी हालको सत्तारूढ गठबन्धन र प्रमुख विपक्षी दलका नेताहरूको राजनीतिक गतिविधितर्फ लक्षित भएको अनुमान गरिएको छ। उनले नेताहरूले राष्ट्रिय हितभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको आरोप पनि परोक्ष रूपमा लगाएका छन्।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ८ : ४३ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको