राजेन्द्र लिङ्देनले भन्छन्ः देश भूराजनीतिको गम्भीर चक्रव्यूहमा फस्दै छ « Khabarhub

राजेन्द्र लिङ्देनले भन्छन्ः देश भूराजनीतिको गम्भीर चक्रव्यूहमा फस्दै छ


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको राजनीतिक अवस्थाप्रति गम्भीर असन्तुष्टि प्रकट गरेका छन्।

फेसबुकमार्फत अभिव्यक्ति दिँदै लिङ्देनले देश भूराजनीतिको गम्भीर चक्रव्यूहमा फस्दै गएको र संकट दिनप्रतिदिन गहिरिँदै गएको बेला पनि नेताहरू आफ्ना साना स्वार्थ र व्यक्तिगत हितमा रमाइरहेको टिप्पणी गरेका छन्।

उनले लेखेका छन्, “काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर। देश भूराजनीतिको गम्भीर चक्रव्यूहमा फस्दै गरेको, संकट गहिरिँदै गएको बेला पार्टी चलाउँछु, परिआए देश चलाउँछु भनेर धक्कु लाएर उमेर बिताएका मानिसहरू ‘पेटी इन्ट्रेस्ट’ मा दौडेको देख्दा दया लागेर आउँछ।”

लिङ्देनको यो टिप्पणी हालको सत्तारूढ गठबन्धन र प्रमुख विपक्षी दलका नेताहरूको राजनीतिक गतिविधितर्फ लक्षित भएको अनुमान गरिएको छ। उनले नेताहरूले राष्ट्रिय हितभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको आरोप पनि परोक्ष रूपमा लगाएका छन्।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ८ : ४३ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक