कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

गत असोज २८ गते सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ ।

बैठकमा सदस्यहरूले समसामयिक राजनीति, पार्टीको महाधिवेशनलगायत विषयमा धारणा राख्दै आएका छन् ।

केन्द्रीय समिति बैठकमा पार्टीको १५औँ महाधिवेशन आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अघि गर्ने वा पछि भन्ने विषयमा विवाद छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत आगामी पुस महिनामा नियमित वा विशेष अधिवेशन गर्नुपर्ने पक्षमा छन् भने अर्को पक्ष आगामी निर्वाचन पछि महाधिवेशन गर्नुपर्ने अडानमा छ ।

मंगलबारको बैठकमा सहमहामन्त्रीद्वय बद्रीप्रसाद पाण्डे र जीवन परियार तथा केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, अम्बिका बस्नेत, मीनबहादुर विश्वकर्मा, सीता गुरुङ, रामजनम चौधरी, राजीवबिक्रम शाह, प्रकाश रसाइली स्नेही, भीम पराजुली र गोमाकुमारी भट्टराईले आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ७ : ५९ बजे

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा