तनहुँमा एक हजार पाँच सय मतदाता थपिए « Khabarhub

तनहुँमा एक हजार पाँच सय मतदाता थपिए


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दमौली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा एक हजार पाँच सयभन्दा बढी मतदाता थपिएका छन् । 

असोज ९ गतेदेखि फोटोसहितको मतदाता नामावली दर्ता खुला गरिएकामा सोमबारसम्म जिल्लामा एक हजार पाँच सय ९२ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

त्यसमध्ये नौ सय ४१ पुरुष र छ सय ५१ जना महिला रहेको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए । 

गत मङ्गलबारसम्म जिल्लामा सात सय ६५ जना मतदाता थपिएकामा पछिल्लो पाँच दिनमा दोब्बर मतदाता थपिएको लम्सालले बताए ।

उनले भने, ‘केही दिनयता कार्यालयमा मतदाता नामावली दर्ताका लागि अत्यधिक भीड छ । अब केही दिनमात्रै बाँकी रहेकाले अझै बढ्ने अनुमान गरिएको छ ।’

कार्यालयमा नामावली दर्तासँगै ठाउँसारीको काम समेत भइरहेको छ । तनहुँभित्रै एउटा वडाबाट अर्को वडा, एक पालिकाबाट अर्को पालिका र तनहुँबाट बाहिरी जिल्लामा ठाउँसारीका लागि निवेदन दिने पनि रहेको लम्सालले बताए । 

उनले भने, ‘अहिले युवाहरू नामावली दर्ता गराउनुपर्छ भनेर स्वतःस्फूर्त रूपमा आउने क्रम बढेको पाएको छु । युवामा चेतनाको विकास भएको छ ।’

नयाँ मतदाता नामावली दर्ताका लागि नलाइनबाट वा नागरिक एपबाट फर्म भरी नागरिकता लिएर निर्वाचन कार्यालयमा बायोमेट्रिक दिन सकिने व्यवस्था छ । जुनसुकै निर्वाचन कार्यालयबाट पनि मतदाता नामावली दर्ता गर्न सकिने लम्सालले बताए । 

विसं २०८२ असोज ८ गतेसम्म जिल्लामा दुई लाख ४७ हजार चार जना मतदाता छन् । त्यसमध्ये एक लाख १९ हजार ८९ पुरुष र एक लाख २७ हजार नौ सय १५ महिला रहेको कार्यालयले जनाएको छ । 

व्यास नगरपालिका–१ गल्वुवेशीका २८ वर्षीय अशोक रुचालले मतदाता नामावलीमा नाम दर्ता गराएसँगै आगामी निर्वाचनमा मत हाल्न उत्सुक रहेको बताए । उनले भने, ‘पहिला खासै चासो थिएन, अब एउटा मतले भए पनि केही परिवर्तन हुने आशले नाम दर्ता गराएको छु ।’

रुचालले निर्वाचनमा नयाँ युवाले प्राथमिकता पाउनुपर्ने बताए । उनले भने, ‘पुरानो पार्टीमा पनि राम्रो मान्छेहरू छन् । अब हुने निर्वाचनमा राम्रो मान्छे छान्नुपर्छ । मत हाल्ने युवाले बुढाबुढीलाई पनि सम्झाएर राम्रो मान्छेलाई निर्वाचित गराउन बुझाउनुपर्छ ।’

कार्यालयले मतदाता नामावली दर्ता, त्रुटी सच्याउने, ठाउँसारीसँगै अन्य तयारीको कामलाई तीव्रता दिएको छ । निर्वाचन अधिकारी लम्सालले जिल्लाभित्र रहेका मतदान केन्द्र, मतदान स्थल थपघट गर्नुपर्ने भएमा त्यसका लागि सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिए । 

उनले भने, ‘प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले कुनैपनि वडामा मतदान केन्द्रमा थप गर्नुपर्ने, मतदाता सार्नुपर्ने भएमा वडामा रहेको वडा मतदान स्थल तथा मतदान केन्द्रको सिफारिसमार्फत् कार्य अगाडि बढाउने निर्णय गरेको छ ।’ रासस

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ११ : ५४ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा