रहबर अन्सारीलाई वाईसीएलको चेतावनी : सार्वजनिक माफी मागेर आफूलाई सच्याउनू « Khabarhub

रहबर अन्सारीलाई वाईसीएलको चेतावनी : सार्वजनिक माफी मागेर आफूलाई सच्याउनू


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी भ्रातृ संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसीएल) ले मधेश प्रदेशसभा सदस्य रहबर अन्सारीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने जनाएको छ ।

तत्कालीन नेकपा माओवादी केन्द्रका मधेश प्रदेश सदस्य अन्सारीले वाईसीएलबारे सार्वजनिक रुपमा कडा टिप्पणी गरेपछि अध्यक्ष पुष्प ओली आक्रोशित भएका हुन् ।

अन्सारीलाई चुनौतीसहित जवाफ दिँदै वाईसीएल अध्यक्ष ओलीले झूट बोल्ने काम नगर्न भनेका हुन् ।

‘रहबरजी, वाईसीएल नेपालले जनसेवा गरेको, श्रम तथा उत्पादन अभियान चलाएको अनि अहोरात्र नेतृत्वको सुरक्षामा खटिएको देख्नु भएनछ’, ओलीले भने, ‘आफू आलिसान महलमा बसेर, सुकिलो–मुकिलो भएर हाम्रो संगठनमा आवद्ध लाखौं कार्यकर्ताको भावनामाथि झूट बोल्ने छुट कसले दियो तपाईंलाई ?’

उनले रहबरले बेलैमा सार्वजनिक रूपमा माफी मागेर आफूलाई सच्याउनु पर्ने पनि बताएका छन् । रहबरसहित माओवादीका केही सांसदको अडानका कारण मधेशमा तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनार नेतृत्वको सरकार ढलेको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  २ : २९ बजे

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव