यस्तो छ उज्यालो नेपालको प्रतिबद्धता पत्र, सदस्यता लिन २ सय तिरे पुग्ने   « Khabarhub

यस्तो छ उज्यालो नेपालको प्रतिबद्धता पत्र, सदस्यता लिन २ सय तिरे पुग्ने  



काठमाडौं– ऊर्जामन्त्री कुलमान घिसिङले दर्ता गराएको उज्यालो नेपाल पार्टीले, समावेशी लोकतन्त्र, सामुदायिक समाजवाद, बहुसांस्कृतिवाद र राष्ट्रिय एकतालाई आधारभूत सिद्धान्त बनाएको छ । 

निर्वाचन आयोगमा मङ्गलबार अद्यावधिक भएको यो दलले संविधान र ऐनको अधीनमा रही समान राजनीतिक विचारधारा दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिहरूलाई संगठित गरी समुन्नत र समृद्ध सामाजिक न्यायसहितको स्वाभिमानी राष्ट्र निर्माणको संकल्प राखेको छ । 

सार्वजनिक सेवा प्रभावलाई प्रविधिमैत्री र प्रभावकारी बनाउँदै पारदर्शी र उत्तरदायी विश्वसनीयता अभिवृद्धि गर्ने यसको उद्देश्य रहेको स्पष्ट पारिएको छ । 

दल अद्यावधिक गरेपछि जारी गरिएको विज्ञप्तिमा पार्टीमा सिद्धान्त विचार नीति तथा कार्यक्रमप्रति समर्थन जनाउने र पार्टी सदस्यता लिएर सक्रिय रूपमा पार्टीमा जिम्मेवारी बहन गर्न चाहने व्यक्ति शुभेच्छुक सदस्य बन्न सक्नेछन् । 

यस पार्टीले प्रवेश शुल्क र नवीकरण शुल्क बापत २०० रुपैयाँ  बुझाउनु पर्नेछ । 

जारी गरिएको विज्ञप्तिमा राष्ट्रिय महाधिवेशन, राष्ट्रिय प्रतिनिधि परिषद्, संघीय कमिटी प्रदेश अधिवेशन प्रदेश प्रतिनिधि परिषद् प्रदेश कमिटी जिल्ला समन्वय कमिटी स्थानीय तह अधिवेशन स्थानीय तह कमिटी वडा अधिवेशन वडा कमिटी विभागहरू र प्रवास कमिटी बनाइने उल्लेख छ । 

पार्टीको अध्यक्षमा एक जना, वरिष्ठ नेता एक जना उपाध्यक्ष एक महिलासहित एक जना महासचिव एक जना, उपमहासचिव दुई कम्तीमा एक जना महिला सचिव ७ कम्तीमा तीन महिला र कोषाध्यक्ष एक रहने व्यवस्था गरिएको छ । 

यस्तै प्रदेश कमिटी स्थानीय कमिटी र विभिन्न कमिटीहरूको पनि संरचनाहरू निर्धारण गरिएको छ । 

यस पार्टीले राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि चुन्नका लागि पार्टी सदस्य हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । 

पार्टीले राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि चुन्न पार्टी सदस्य हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ।

पार्टीले जारी गरेको वाचापत्रमा महाधिवेशन हरेक पाँच वर्षमा गर्ने प्रतिबद्धता जनाइएको छ । यस्तै कुल सदस्य सङ्ख्याको कम्तीमा एकतिहाइ महिला सदस्य र युवाहरूको प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

सङ्घीय कमिटीमा निर्वाचन मनोनयन वा नियुक्ति गर्दा नेपालको सामाजिक विविधता प्रतिबिम्बित हुनेगरी पूर्ण समानुपातिक समावेशी सिद्धान्तका आधारमा तोकिए बमोजिमको सङ्ख्यामा रहने व्यवस्था गरेको छ।

प्रतिबद्धता अनुसार संघीय कमिटीमा अध्यक्ष पदाधिकारी र संघीय सदस्यहरू समेतले एउटै पदमा लगातार दुई कार्यकालभन्दा बढी उम्मेदवार दिन नपाउने व्यवस्था गरिएको छ।

जारी गरिएको प्रतिबद्धता अनुसार पार्टी अध्यक्षले पदाधिकारी वा सदस्यहरू मध्येबाट एकजनालाई पार्टी प्रवक्ता मनोनीत गर्ने जानकारी गराइएको छ।

हेर्नुहोस् पार्टीको पूरा प्रतिवेदन

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ६ : १४ बजे

बाढीले क्षतिग्रस्त ९ करोडका विद्युतीय गाडी एक वर्षदेखि भन्सारमै अलपत्र (फोटो फिचर)

रसुवा – अघिल्लो वर्ष ल्हेन्दे खोलामा आएको बाढीले क्षतिग्रस्त बनाएका

अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गण्डकी– गत आर्थिक वर्ष (आव)मा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण

१३ स्थानीय तहले अझै ल्याएनन् बजेट

काठमाडौँ– १३ वटा स्थानीय तहले चालु आर्थिक वर्ष (आव) को

वैदेशिक रोजगार बिमामा सुधार: घरदैलोमै पुगेर दाबी भुक्तानी गरिने

काठमाडौँ – सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा व्यवस्थापनलाई थप

कर्णालीको विकास प्राथमिकता बुझ्न मन्त्री लम्साल स्थलगत अनुगमनमा

कर्णाली– पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कर्णाली प्रदेशको सडक सञ्जाल एवं